Headlines News :
fb
Home » » विकिनी परीक्षामा पास नएपछि चलचित्र चट

विकिनी परीक्षामा पास नएपछि चलचित्र चट

 विकिनी र बलिउडबीच गहिरो सम्बन्ध छ। ग्ल्यामरस र सेक्सी नायिकाको छवि बनाउनेहरू विकिनीका माध्यमबाट आफ्नो जवानी र शारीरिक सुन्दरताको प्रभाव छाड्ने प्रयास गर्छन्। कुनै न कुनै निहुँ बनाएर विकिनीमा देखिन चाहनेहरूका बीच होडबाजी नै चल्छ। यस्ता नायिका पनि छन् जो विकिनी लगाउँदा असहज महसुस गर्छन्। तर बदलिँदो जीवनशैलीका कारण उनीहरूलाई समयले छाड्न थालेको छ। बलिउडमा यस्तै प्रवृत्तिको सिकार बनेकी छन् नवनायिका यमी गौतम।

चलचित्र 'शौकिन' मा पहिला अक्षय कुमारसँग यमीलाई लिने तय गरिएको थियो। तर, यमीले चलचित्रका लागि विकिनी परिक्षा पास गर्न सकिनन्। उनलाई देखेर सजिलै थाहा हुन्थ्यो- उनी विकिनीमा सहज महसुस गरिरहेकी छैनन्। अनुहारमै उनको असहज भाव प्रस्ट देखिएको थियो। विकिनी लगाउँदा यमीमा यस्तो हतोत्साही देखेपछि निर्देशकले उनलाई चलचित्रमा लिने सोच नै त्यागिदिए। टिमका केही अग्रज सदस्यले उनलाई एक मौका दिन चाहे पनि सबैको सहमति नभएपछि यमीले चलचित्रबाट हात हुनु पर्‍यो।

यमीको ठाउँमा अहिले लिजा हेडनलाई लिइएको छ। उनी विकिनी टेस्टको समयमा सहज रूपमा प्रस्तुत भएकी थिइन्। लिजाको आत्मविश्वास र सहज प्रस्तुतिका कारण उनलाई सबैले मन पराए। अझ लिजाले चलचित्र 'क्विन'मा गरेको अभिनय सबैलाई मन परेको थियो। त्यसैले 'शौकिन' उनको भागमा पर्‍यो। अक्षय कुमारका साथमा अभियन गर्ने मौका पाएकोमा लिजा जति खुसी र उत्साहित भएकी छन् उनमा त्यतिकै चुनौती पनि छन्। विकिनी टेस्टमा सहजै उत्र्रिण भएकी उनी दर्शकको नजरमा कत्तिको खरो रूपमा उत्रिने हुन् त्यो भने समयले तय गर्नेछ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar