२२ असार, सोलुखुम्बु । जिल्लाको सोताङमा अक्सिजनको सिलिन्डर पड्किएर दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
सोताङ-६ धोद्रेस्थित भुवनसिंह राईको घरमा रहेको अक्सिजन ग्यासको सिलिन्डर सोमबार बिहान करिब ७ बजेतिर पड्किँदा उनका ८ वर्षका छोरा शक्ति र चमारे तामाङकी २६ वर्षीया श्रीमती पिडीली तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।
घटनामा परी चमारे तामाङ र बिजुली तामाङ गम्भीर घाइते भएका छन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनामा कालुमान तामाङ पनि घाइते भएका छन् ।
भुवनसिंह राई ट्रेकिङ जाँदा सिलिन्डर ल्याएर राखेको बताइन्छ । सिलिन्डरमा लेउ लागेको देखेपछि चमारे तामाङले खुकुरीले खुर्केर लेउ ˆयाँक्न खोज्दा सिलिन्डर पड्किएको हो ।
fb