,काठमाडौ,
तपाईं रोजगारीका लागि कोरिया जाने तयारीमा हुनुहुन्छ ? त्यसका लागि आफ्नो अनुहारको दाग र चायाँ हटाई चिटिक्क र सफा पारी धुलाइएको फोटो इपिएसको भाषा परीक्षाको आवेदन फराममा टाँस्ने तयारीमा हुनुहुन्छ भने सचेत हुनुहोस् ।
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत भाषा परीक्षामा उत्तीर्ण भएपनि दक्षिण कोरिया सरकारले सबैलाई रोजगारका लागि स्वीकृति दिँदैन । त्यसको कारण सिमित कोटा मात्रै होइन । तपाईको सामान्य लापरबाही पनि हो ।
भाषा परीक्षाको लागि तपार्इंले फारम भर्दा आफ्नो अनुहारमा भएका दाग र चायाँ नदेखिने चम्किलो फोटो टाँस्नुभएको छ भने तपाईले त्यस्तै प्रकृतिको फोटो एमआरपी बनाउँदा पनि टाँस्नुपर्छ । परीक्षा फारममा र एमआरपीमा फरक अनुहार (दाग भए/नभएको) देखिए तपाईंलाई दक्षिण कोरियाले रोजगारका लागि अनुमति दिँदैन ।
विगतका वर्षहरुमा फोटोकै कारण धेरैजना भाषा परीक्षा पास गरेर पनि रोकिएका इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो ‘धेरैजसोले अनुहारमा भएका दाग धब्बा हटाइएको फोटो फारममा टाँसे तर पछि एमआरपी बनाउँदा त्यो फोटोसंग मेल खाने खालका फोटो टाँसेनन् । त्यसैले उनीहरुको स्वीकृति रद्द भो । त्यसैले फारम भर्दा आफ्नो अनुहार जस्तो छ, फोटोमा त्यस्तै देखाउनुपर्छ ।’
यति मात्रै नभएर परीक्षाका लागि फारम भर्दा नाम लेख्नका लागि छुट्टाइएको भागमा पहिले थर लेखेर मात्र नाम लेख्नुपर्छ । बाँस्तोलाका अनुसार धेरैजसोको बानी पहिला नाम अनि थर लेख्ने भएकाले पनि समस्या हुने गरेको छ । यस्तै फारम भर्दा धेरैको जन्म मिति पनि नमिल्ने गरेको पाइएको छ । नागरिकतामा र एमआरपीमा फरक फरक मिति लेख्दा तपार्इंको मेहनत त्यसै खेर जान सक्छ । नेपाली जन्म मिति सही हुने गरीमात्र अंग्रेजीमा रुपान्तरण गर्न इपिएस कोरिया शाखाको सुझाव छ ।
कामको लागि दक्षिण कोरिया जान चाहनेले यो महिनाको अन्त्यमा आवेदन फारम बुझाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत पाचौं भाषा परीक्षाको लागि यही साउन २८ गतेदेखि ३१ गतेसम्म आवेदन फारम संकलन गरिने मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार फारम संकलनका लागि काठमाडौं उपत्यकाका ३ ठाउँमा र उपत्यका बाहिरका लागि ४ ठाउँमा केन्द्र राखिनेछ ।
ललितपुरको च्यासल फुटबल खेल मैदान, एक्मी ईन्जिनियरिङ कलेज सितापाईला र ल्याबरोटरी स्कूल कीर्तिपूरमा उपत्यकाका लागि र बाहिरी जिल्लाका लागि धरानको धरान सभागृह, पोखरामा बिन्दबासिनी उच्च मावि बाटुलीचौर, बुटवलको बुटवल प्रदर्शनी मण्डप र डढेल्धुरामा कर्मचारी मिलन केन्द्रमा फारम संकलन केन्द्र राखिनेछ ।
परीक्षा आउँदो असोज १० र ११ गते सञ्चालन हुने बास्तोलाले बताउनुभयो । भाषा परीक्षा उत्तीर्ण गरेकाहरु सन् २०१५ को कोटामा कोरिया जान पाउने छन् तर अहिलेसम्म कोटा भने निर्धारण भैसकेको छैन । कामका लागि कोरिया जानेको संख्या २६ हजार पुगिसकेको शाखाको तथ्याङ्क छ ।