बाजुरा: गोत्री गाविसका सचिव राजेशराय यादवका साथमा रहेको गोत्री गाविसको सामाजिक सुरक्षा भत्ता विहीबार बिहान जोगी चौतारा भन्ने ठाउँमा लुटिएको छ ।
कोल्टीबाट गोत्रीका लागि हिँड्नुभएका सचिव यादवलगायत गोत्री गाविस सहायक प्राविधिक उमेश भण्डारी र उनका साथमा नौ वर्षे बालक पनि थिए ।
बिहान १० बजेतिर गाविसको मोहती पुग्न आधी घन्टा टाढा हुँदा दुईजना लुटेराको समूहले “केही काम छ” भन्दै तीनैजनाको आँखामा खुर्सानीको धुलो छर्किंदै पेस्तोल र खुकुरी देखाई रकम लगेको गोत्री सचिव यादवले टेलिफोन सम्पर्कमा रुँदै भने ।
“मसँग भएको मोबाइल पनि लुटेर लगेपछि अर्को साथीको मोबायलबाट सम्पर्क गरेँ”– सचिव यादवले भने । “तिनलाई जिविस मार्तडीको गेटमा जहिले पनि क्यारमबोर्ड खेल्दा देखेको थिएँ मैले चिनेको थिइनँ”– सचिव यादवले भने । सचिव लुटिएको खबर आएपछि कुन्डा प्रहरी चौकीबाट प्रहरीको टोली घटानास्थलतर्फ पठाइसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए । - रासस
fb