Headlines News :
fb
Home » , » मोदीले पशुपतिमा विशेष पूजा गर्ने

मोदीले पशुपतिमा विशेष पूजा गर्ने

१२ साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साता नेपाल भ्रमणमा आएका बेला पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्। पूजाका लागि ब्राह्मणसहितको टोली भारतबाटै आउँदैछ। पशुपति क्षेत्र विकास कोषका अनुसार भारतीय प्रधानमन्त्री मोदीले साउन १९ गते सोमबार मन्दिरमा करिब आधा घन्टा पूजा गर्नेछन्। काठमाडौंस्थित भारतीय दूतावासको टोलीले मोदीको पशुपतिनाथ दर्शनबारे शनिबार कोषलाई औपचारिक जानकारी दिएको नागरिक दैनिकमा खबर छ ।

 ‘केही ब्राह्मणसहित ५०/६० जनाको टोली भारतीय प्रधानमन्त्रीसँगै उतैबाट आउने जानकारी आएको छ,’ कोषका सदस्य–सचिव गोविन्द टन्डनले आइतबार भने। प्रधानमन्त्री मोदी साउन १८ गते आइतबार नेपाल भ्रमणमा आउँदैछन्। त्यही क्रममा पशुपतिनाथमा विशेष पूजा गर्ने कार्यक्रम रहेकाले कोष व्यवस्थापन त्यसैको तयारीमा जुटेको छ। सदस्य–सचिव टन्डनका अनुसार पशुपतिमा मोदीले मूलभट्टबाट विशेष पूजा गराउनेछन्।

 भगवान शिवको महिनाका रूपमा चिनिने साउनको प्रत्येक सोमबार पशुपतिमा दर्शनार्थीहरूको भिड हुन्छ। ‘दर्शनार्थीलाई कुनै प्रभाव नपारिकन मोदीले दर्शन गर्ने भारतीय दूतावासले जनाएको छ, त्यहीअनुसार बन्दोबस्त मिलाउन हामी खटिएका छौं,’ उनले भने, ‘तैपनि यसबाट अन्य दर्शनार्थीको पूजा करिब आधा घन्टा अवरुद्ध हुन सक्छ।’ विशेष पूजा हुने दिनको टुंगो लागिसके पनि समय खुलाइएको छ। ‘यति नै बजे भनेर तय भएको छैन, बिहानको समयमा दर्शनका लागि आउने पक्का भएको छ,’ सदस्य–सचिव टन्डनले भने।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar