काठमाडौं– स्विजरल्यान्डलाई १–० ले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नियमित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समयको अन्त्यतिर अर्जेन्टिनाका डि मारियाले गोल गरेका हुन् । लियोनल मेस्सीले खेलको ११८ औं मिनेटमा सिर्जना गरिएको अवसरलाई उनले गोलमा परिणत गरेका हुन् । अब अर्जेन्टिनाले बेल्जियम अथवा अमेरिकासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
fb