विश्वकप फुटबल कस्ले जित्ला भन्ने चासो दिनप्रतिदिन बढ्दो छ। जारी विश्वकपमा अनपेक्षित नजिता आएको कारणले पनि विजेताको अड्कलबाजी गर्न गाह्रो छ। आशा गरेका टोलीको प्रर्दशन खस्किएको अवस्था छ। विश्वकप विजेताको चासोसँगै गोल्डेन बुट कस्ले पाउला भन्ने खुल्दुली अर्को विषय भएको छ। विश्वकपमा सर्वाधिक गोलगर्ने खेलाडीलाई दिईने यस पुरस्कारको महत्व उत्तिकै छ।
फुटबलका पण्डितहरुले गोल्डेन बुटको दावेदारका रुपमा अर्जेन्टिनी स्टार लियोनल मेसी र आयोजक ब्राजीलका अर्का स्टार नेमारलाई लिएका छन्। तर विश्वकपमा गोल्डेन बुटको लय पछ्याने प्रारम्भिक खेलाडी अड्कल गरिएभन्दा फरक छन्। समुह चरणको दोस्रो खेलचल्दै गर्दा सर्वाधिक तीनगोल गर्नेमा पाँच खेलाडी छन्। पाँचमध्येको पहिलो स्थानमा फ्रान्सका करिम बेन्जोमा छन्। उनले थप दुईगोलका लागि सहयोग समेत गरेका छन्। दोस्रोमा जर्मनीका थोमर मुलर छन्। उनले अर्को एकगोलका लागि सहयोग पु:याएका छन्।
तीनतीन गोलगर्नेमा नेदरल्यान्ड्सका रोविन भानपर्सी र आर्यन रोबन तथा इक्वेडरका एनर भ्यालेन्सिया छन्। यसैगरी दुई गोलगर्नेमा उरुग्वेका लुईस स्वारेज, क्रोएसियाका मारियो मान्दुकिच, अष्ट्रेलियाका टिम काहिल, ब्राजीलका नेमार, आइभोरीकोस्टका जर्भिन्हो, कोलम्बियाका जेम्स रोड्रिग्वेज र अर्जेन्टीनाका लियोनल मेसी छन्। मेसीले इरानबिरुद्धको खेलमा अन्तिम सययमा उत्कृष्ट गोलगर्दै टोलीको उत्साह बढाएका थिए। -एजेन्सी