Headlines News :
fb
Home » , » घोडा हिँड्दा पुल भाँचियो, अड्केको घोडाको यसरी गरियो उद्दार

घोडा हिँड्दा पुल भाँचियो, अड्केको घोडाको यसरी गरियो उद्दार

जुम्ला, असार ५ – हिँडेर तर्न नसकिने ठूलो नदी । नदीमाथि बनाइएको ५० वर्ष पुरानो काठे पुल ।
भारी बोकेका घोडा, खच्चड र मान्छे ओहोरदोहोर गर्न यही पुल तर्नुपर्ने बाध्यता । जुम्ला कुडारी गाविसमा पर्ने तिला नदीको यो काठेपुल अघिल्लो हप्ता जेठ २४ गते भाँचियो । कुडारीको ताम्ति र जुम्लाबाट जाजरकोट जाने बाटोमा पर्ने पुल भाँचिदा आवतजावत बन्द भएको छ ।
चामल बोकेका तीनवटा घोडा तर्दै गर्दा पुल भाँचिएको हो । पुल भाँचिएपनि घोडाधनी कर्णबहादुर रावत सहित सबै घोडा सकुशल छन् । तीनवटामध्ये दुईवटा घोडा पुल भाँचिए लगत्तै नदीमै खसेर पौडिए भने एउटा घोडा झण्डै आधाघण्टा पुलमै अड्किएको थियो ।
भारी सहितको घोडा पुलमा अड्केको थाहा पाउने बित्तिकै वरपरका बासिन्दा उद्दारमा जुटेका थिए । पुलको वारी र पारीबाट कसैले सब्बलले काठको भाँचिएको पुल उठाउने त कसैले बन्चरोले पुल काट्ने गरेपछि घोडा भारीसँगै नदीमा खस्यो र पौडिएर बाँच्न सफल भएको थियो ।
अहिले पुलबाट आवतजावत कार्य पूर्ण ठप्प छ । यसरी पुल भाँचिएर मान्छे तथा पशुवस्तुको आवतजावत रोकिएपनि यस विषयमा सरोकारवाला निकायहरु मौन देखिन्छन् । गाविस, जिविस र अन्य सरकारी तथा गैर सरकारी कार्यालयसँग गुहार माग्दा पनि त्यसको कुनै सुनुवाई नभएको कुडारीका स्थानीय बासिन्दाको गुनासो छ ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar