ब्राजिलले विश्वकप आयोजना गर्न छानेका १२ मध्ये मानाउस सबैभन्दा दुर्गम र सम्भवत सबैभन्दा आकर्षक सहर हो। प्राकृतिक सुन्दरताको उत्कृष्ट नमुना मानिने एमाजोन जंगलको बीचमा पर्ने मानाउसको आकर्षण त्यहाँको औद्योगिक क्षेत्र पनि हो।
ब्राजिलको सबैभन्दा रमाइलोमध्ये एक मानिने मानाउसले विश्वकपमा पनि केही निकै रोमाञ्चक खेल आयोजना गर्नेछ। जुन १४ मा इङ्ल्यान्ड र इटाली तथा जुन २२ मा अमेरिका र पोर्चुगलबीचका खेल मानाउसस्थित एरिना एमाजोनिया रंगशालामा हुनेछन्। गत वर्ष विश्वकपको 'ड्र' हुनुअघि नै इङ्ल्यान्डका प्रशिक्षक रोए हड्सनले मानाउसलाई त्यहाँको उच्च आर्दतायुक्त मौसमका कारण डरलाग्दो ठाउँ भन्दै आफू यहाँ खेल्न अनिच्छुक भएको बताएका थिए। जसका कारण मानाउस धेरै अघिदेखि नै चर्चामा थियो। यो क्षेत्रको गर्मी र उष्ण वातावरणको असर कममात्र होस भनेर यहाँका खेलहरू स्थानीय समयअनुसार बेलुकी ४ र ६ बजेलाई राखिएको छ।
४२ हजार दर्शक क्षमताको एरिना एमाजोनियाले जुन १८ मा क्यामरुन र क्रोएसिया तथा जुन २५ मा होन्डुरस र स्विट्जरल्यान्डबीचका खेल पनि आयोजना गर्नेछ। रंगशाला निर्माणक्रम एरिना एमाजोनियामा तीन कामदारको मृत्यु भएको थियो। तीमध्ये एक १ सय १५ फिट उचाइको रंगशालाको छतबाट खसेका थिए। देशको फुटबल केन्द्रबाट निकै टाढा रहनुका साथै यो क्षेत्रमा कुनै परम्परागत क्लब तथा प्रतियोगिता नहुने भएकाले धेरैले मानाउसलाई विश्वकप आयोजनास्थलमा छान्ने निर्णयको धेरैले आलोचना गरेका थिए।