Headlines News :
fb
Home » » नदीमा हामफाल्दा हिरोइनको खुट्टा चर्कियो

नदीमा हामफाल्दा हिरोइनको खुट्टा चर्कियो

 चलचित्र ‘खतरनाक’ को एक दृश्यमा आत्महत्या गर्न खोज्दा नायिका हर्षिका श्रेष्ठको खुट्टामा गम्भिर चोट लागेको छ । उनले आफ्नो खुट्टाको हड्डी नै नभाँचिएपनि चर्किएकोे बताइन् । अहिलेे काठमाण्डौमा आराम गरिरहेकी नायिकाले भनिन्, ‘हेटौडाको राप्ती नदीमा चलचित्रको छायांकन अन्तिम दिनमा चलिरहेको थियो । म नदीमा हाम फालेर आत्महत्या गर्नुपर्ने दृश्य थियो । तर खोलामा ढुंगामा चिप्लिएर लड्न पुगे ।’
नायिका श्रेष्ठले सुरुको दिनमा त खासै नदुखेका कारण सबै दृश्यको छायांकन सकेको बताइन् । तर पछि दुख्न थालेपछि चेकअप गराउँदा हड्डी चर्किएको डाक्टरले बताएका थिए । ऋषी न्यौपानेको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा नायिका श्रेष्ठलाई एक्सन लेडीको रुपमा प्रस्तुत गरिएको छ ।
उनलाई करिब ३ सातासम्म आराम गर्नुपर्ने हुन्छ । हिरोइन घाइते भएपछि एक गीतको छायांकन छोडेर फिल्म यूनिट काठमाण्डौ फर्किएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar