Headlines News :
fb
Home » » क्यान्सर हस्पिटलले अत्याधुनिक रेडियसन उपकरण भित्राउने

क्यान्सर हस्पिटलले अत्याधुनिक रेडियसन उपकरण भित्राउने

 २५ जेठ, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले विश्वकै उत्कृष्ट र अत्याधुनिक रेडियसन उपकरण भेरियन ट्रीयूबीम-२ लिनियर एक्सिलेरेटर खरिद गर्ने भएको छ ।
 हस्पिटलले शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरि उक्त उपकरण नेपाल भित्राउने जानकारी दिएको हो । हस्पिटलका अध्यक्ष डा. सुदीप श्रेष्ठका अनुसार यो उपकरण दक्षिण एशियामै भर्खरै भित्रिन थालेको छ ।
यस उपकरणबाट सेवा प्रदान गर्न सुरु गरेपछि नेपालबाट उपचारका लागि विदेश जान बाध्य विरामीहरुलाई प्रत्यक्ष राहत पुग्ने अध्यक्ष श्रेष्ठले बताए । ‘रेडियसनको लागि वर्षेनी अर्बौं रुपैयाू बाहिरिरहेको छ’ उनले भने- ‘अब कम पैसामा नेपालमै संसारको उत्कृष्ट सेवा प्रदान गर्नेछौं ।’

अहिले नेपालमा उपलब्ध रेडियसन सेवा प्रविधिहरु पुरानो भइसकेको बताउूदै अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको उपचारमा आधुनिकिकरण गर्नु आवश्यक रहेको बताए । पछिल्लो समय क्यान्सर रोग विश्वलाई नै त्रसित पार्ने गरि भयावह रोगका रुपमा देखा परेको छ ।

‘विश्वमा प्रत्येक वर्ष १ करोड ४१ लाख मान्छेमा क्यान्सर देखिने गरेको छ भने ८२ हजारको क्यान्सरको कारण मृत्यू हुने गरेको छ’ श्रेष्ठले भने- ‘त्यसमध्ये ६४.९ प्रतिशत अर्थात ५३ लाख २१ हजार मानिस अविकिशित देशमा मात्र मर्ने गरेका छन् ।’

यस्तो अवस्थामा एउटै छानामुनी सम्पूर्ण क्यान्सर उपचार प्रदान गर्ने गरि हस्पिटल स्थापना गरिएको श्रेष्ठले बताए । यस हस्पिटलले क्यान्सरको उपचारमा सर्वमान्य विधिहरु मेडिकल अन्कोलोजी (केमो थेरापी), सर्जिकल अन्कोलोजी (शल्यक्रिया) तथा रेडियसन अन्कोलोजी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar