Headlines News :
fb
Home » » १२ घन्टा विमानस्थलको संवेदनशिल क्षेत्रभित्र बस्दा पनि सुरक्षा निकायले वास्ता नगरेपछि...

१२ घन्टा विमानस्थलको संवेदनशिल क्षेत्रभित्र बस्दा पनि सुरक्षा निकायले वास्ता नगरेपछि...

अक्षयकुमार खवास दोहाबाट कतार एअरको उडानमा आएर यही जेठ २७ गते बिहान ८ बजे त्रिभुवन विमानस्थलमा उत्रिए । वैदेशिक रोजगारमा गएका उनी आफ्नो कामको अवधि सकेर फर्किएका थिए । तर उनले त्रिभुवन विमानस्थल छोड्न सकेनन् न त उनीमाथि कसैले निगरानी नै राख्यो ।
उनी विमानस्थलको रन वेतिरै फर्किएका थिए । अन्नपूर्ण पोस्टबाट समाचार लिएका हौं ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग, प्रतिआतंकबाद एकाइजस्ता सुरक्षाका युजिटको २४ घन्टे निगरानीमा रहने विमानस्थलको रनवे हुँदै उनी आयल निगमको डिपो राखिएको स्थानतिर छिरे।
त्यतै केही समय अलमलिएपछि फेरि सोही मार्ग हुँदै उनी विमानस्थलभित्र छिरे । उनलाई झण्डै १२ घटा त्यतै बिताउनुपरेको थियो । जहाजमा यात्रुका सामान ओसारपसार गर्ने विमानस्थलको भित्री भागमा एकछिन अलमलिएपछि उनी थप केही समय बिताउन रनवे नजिक रहेको एयटा बुटामा चढे ।
उनले बुटामा चढेर दिनभरजसो रमिता हेरिरहे । उनले झण्डै १२ घन्टा विमानस्थलको संवेदनशिल क्षेत्रभित्र बिताउँदा पनि कुनै सुरक्षा निकायले वास्ता गरेनन् । विमानस्थलको बाहिरी घेराको सुरक्षामा नेपाली सेनाको टोली खटिएको छ ।
निस्फिक्री दिन विताएका उनी राती ९ बजे उड्न ठीक परेको इत्तेहाद एअरलाइन्सको जहाजतर्फ गए । उक्त विमानका कर्मचारीले प्रहरीलाई खबर गरेपछि बल्ल पक्राउ परेका थिए । मोरङ बाहुनी २ स्थायी घर भएका २० वर्षीय खवासलाई २७ गतेरातभर र २८ गते दिनभर विमानस्थल प्रहरीले राखेका्े थियो । प्रहरीले उनी मानसिक स्वास्थ्य कमजोर भएको कागज तयार पारेको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar