निर्देशक विधान कार्कीले नायिका अशिष्मा नकर्मीलाई दोश्रो पटक भिडियोमा अभिनय गराएका छन् । मोडल रञ्जन रिजालको साथमा नकर्मीले हालै मात्र एक भिडियोमा अभिनय गरिन् ।
सुमन गुरुङको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘किन किन बोलाको’ बोलको गीतको भिडियो तयार भएको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई फर्पिङ र बालाजुका दृश्यमा उतारिएको छ । भिडियोमा माया प्रेमको अभिव्यक्ती प्रस्तुत गरिएको छ ।

