Headlines News :
fb
Home » » तेरियाको भविष्य भोलि

तेरियाको भविष्य भोलि

काठमाडौ, असार ६ - नेपाली बालिका तेरिया फौजा मगर फाइनलमा पुगेको डीआईडी लिटिल मास्टर्स-३ को ग्रान्ड फिनाले भोलि शनिबार बेलुका हुँदैछ । पाँच महिनादेखि भारतको जी टिभीमा जारी यो रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ। फाइनलमा रूपन्देही रुद्रपुरकी १२ वर्षीया तेरियासँगै भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेलले प्रतिस्पर्धा गर्दैछन्।

 दर्शकबाट सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीले उपाधि चुम्ने यो प्रतियोगिताका लागि भोलि शनिबार २ बजेसम्म भोटिङ खुला छ। डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्। प्रतियोगिताको उपाधि विजेताले ५० लाख भारुका साथै एउटा कार पाउनेछन् भने अन्य तीन जनाले पनि नगदसहित उपहारहरू प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए। उनलाई भोट दिन आफ्नो नाम, इमेल आइडी, फोन नम्बर र देश टाइप गरी ७ स्पेस ७ स्पेस v स्पेस ४ स्पेस ७ स्पेस ९ पठाउन सकिनेछ ।  
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar