Headlines News :
fb
Home » » विदेश जान छाडेर गाउँमै तरकारी खेतीबाट मालामाल आम्दानी

विदेश जान छाडेर गाउँमै तरकारी खेतीबाट मालामाल आम्दानी

पर्वत, आषाढ ४ । पर्वतको पकुवा र आर्थर गाउँ विकास समितिमा पर्ने गंगटेका युवाहरुले सहकारीमार्फत सुरु गरेको तरकारी खेती जिल्लामै नमूना बन्दै गएको छ । विदेश जानुभन्दा आफ्नै बारीमा तरकारी फलाएर धेरै आम्दानी गर्ने सोच अनुसार युवाहरुले व्यवसायिक खेती थालेका हुन् ।


उनीहरुले जहरेखोला तरकारी उत्पादक सहकारी संस्थामार्फत् व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीमा आवद्ध युवाहरुले झण्डै ६० वटा टनेलमा गोलभेंडा लगायतका तरकारी लगाएका छन् । उनीहरुले खुल्ला जमिनमा पनि तरकारी खेती गर्दै आएका छन् ।

बाह्रै महिना तरकारी लगाउँदा राम्रो आम्दानी गर्न सकिने सहकारीमा आवद्ध युवाहरुको भनाइ छ । तरकारी खेतीमा जुटेका युवामा अधिकांश खाडी मुलुकबाट फर्किएका छन् ।

खाडी मुलुकमा गएर पसिना बगाउनुभन्दा आफ्नै खेतमा मेहनत गर्दा राम्रो आम्दानी गर्न सकिने उनीहरुको भनाइ छ । युवाहरुले तरकारीबाटै वार्षिक दुई लाखभन्दा बढी नाफा कमाउन थालेका छन् ।

त्यहाँ उत्पादित तरकारी कुस्मा, बागलुङ र म्याग्दीसम्म पुग्ने गरेको छ । -
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar