Headlines News :
fb
Home » » झुक्याएर बालविवाह : बुबा र दिदीभिनाजु पक्राउ, बालिकाको बिचल्ली

झुक्याएर बालविवाह : बुबा र दिदीभिनाजु पक्राउ, बालिकाको बिचल्ली

संखुवासभा : जिल्लाको मकालु -४ की १५ वर्षीया बालिकाका बुबा र दिदीले जबरजस्ती विवाह गरी दिएपछि उनीहरू विरुद्ध प्रहरीमा उजुरी दिएपछि बालिका विचल्लीमा परेकी छिन्। बिरामी परेकी उनीलाई धामी कहाँ लाने भन्दै बुवा र दिदीले झुक्याएर जेठ ३१ गते विवाह गरी दिएपछि उनी मकालु प्रहरी चौकीको शरण लिन पुगेकी थिइन्।

१२ वर्ष अगाडिनै आमाले दोस्रो विवाह गरेकोले आफ्नो कोही नभएको भन्दै उनी बिचल्लीमा परेकी हुन्। अर्को आमातिरको दिदी र बुवाले आफ्नो इच्छाविपरीत गाउँको १७ वर्षीया एक युवासँग विवाह गरी दिएपछि उनले बाध्य भएर उजुरी दिनु परेको बताइन्। उनी हाल माट्स नेपालले सञ्चालन गरेको अनाथलयमा केही दिनका लागि बसेकी छिन्। जिल्ला प्रहरी प्रमुख कमल थापाले जिल्ला बालकल्याण समितिलाई पीडित बालिकाको उद्दार गर्न भन्दै जिम्मा लगाएको छ। जिल्ला बालकल्याण समितिका बालअधिकृत सुमन अधिकारीले पीडित बालिका घर फर्कने अवस्था नभएको र उनलाई तत्कालका लागि मात्र व्यवस्थापन गरिएको बताए।

महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला अधिकृत प्रतिमा पन्थी पढ्ने,खाने, बस्ने र उनको भविश्यमा समेत गम्भीर समस्या आउनसक्ने बताइन्। 'कार्यालयले सक्ने केही गर्ने छौ तर पुरै सम्भावना छैन त्यसैले कसै सहयोगीको साथमा उनको सहयोग गर्नुपर्ने हुन्छ, उनले भनिन्। उनले नेपाली कुसंस्कारलाई अन्त्य गर्न साहसिक उदाहरण देखाएको बताउँदै भनिन्, 'तर त्यही कारण उनलाई अभिभावकबाट टाढा बस्नुपर्ने बाध्यता भयो। यो बिडम्बना छ।'

जिल्ला प्रहरी कार्यालय खाँदबारीमा असार २ गते उजरी दिएकी छिन्। प्रहरीले आरोपित बुवा,दिदी,भिनाजु,विवाहमा संलग्न युवा र एक गाउँले गरी ५ जनालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ। हिमालय मावि गोलेगौरमा कक्षा-८ मा अध्यनरत बालिका बुवालाई जन्मदर्ता बनाइ दिन भन्दै आग्रह गरे पनि नदिएकाले आफू पाथीभरा गाविसको हरी प्रसाद दाहालको घरमा काम सघाउँदै पढ्दै आएको बताइन। बुवालाई जन्मदर्ता बनाउन भन्दै घर गएको समयमा गत जेठ ३१ गते राती गाउँकै केटासँग जबरजस्ती विवाह गराइदिएको उनले बताइन्।

बुवाले दोस्रो विवाह गरेको र आमा पनि दोस्रो विवाह गरी बेसहारा बनेकी उनी अझै पनि पढ्ने र केही गर्ने बताउँछिन्। कसैको सहयोग पाए भविष्यमा असल छोरी भएर बाँच्ने इच्छा भएको उनले बताइन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar