Headlines News :
fb
Home » » जर्मनीसंग हारेर पनि अमेरिका दोस्रो चरणमा

जर्मनीसंग हारेर पनि अमेरिका दोस्रो चरणमा

विश्वकपको समूह जी बाट जर्मनी र अमेरिका दोस्रो चरण पुगेका छन् । अन्तिम खेलमा अमेरिकालाई हराएको जर्मनी समूह चरणको रुपमा दोस्रो चरण पुगेको हो । अन्तिम खेलमा हार व्यहोरेर पनि अमेरिकाले गोल अन्तरको आधारमा पोर्चुगललाई पछि पार्दै दोस्रो चरण यात्रा तय गर्‍यो ।
जर्मनीको लागि एक मात्र गोल थोमस मुलरले गरेका हुन् । अर्को खेलमा घानालाई २-१ गोल अन्तरको आधारमा पराजित गरेको पोर्चुगल प्रतियोगिताबट बाहिरिएको छ । क्रिष्टियानो रोनाल्डोले जारी विश्वकपमा पहिलो गोल गर्दा घानाको एक आत्मघाती गोल मद्दतले पोर्चुगलले जित हात पारेको हो । पोर्चुगल र अमेरिकाको समान ४ अंक भए पनि गोल अन्तरको आधारमा पोर्चुगल पछि परेको हो ।


 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar