काठमाडौं: नेपाली १२ वर्षीया बालिका तेरिया फैजा मगर भारतीय च्यानल जीटीभीमा प्रसारण भएको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन ३ को उपाधि चुम्न सफल भएकी छन्।शनिबार राती भएको भएको अन्तिम फाइनलमा १२ वर्षीया नेपाली बालिका तेरियाले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी हुन।उपाधीसँगै तेरियाले भारतीय रुपैया ५० लाख र एउटा शानदार कारसमेत पाइन्। यस्तै कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्रीले दोस्रो भइन्।
विगत पाँच महिनादेखि भारतको मुम्बइमा भएको उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया लाखौ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भइ डान्स इन्डिया डान्सको ग्रान्ड फाइनलमा प्रवेश गरेकी गरेकी थिइन। केही वर्षअघि भारतीय अर्को प्रसिद्ध च्यानल सोनी टीभीद्वारा आयोजित गायन प्रतियोगिता इन्डियन आइडलमा प्रशान्त तामाङले रेकर्ड कायम गरिसकेका छन्। तामाङ नेपाली मूलका भारतीय नागरिक हुन् भने डीआईडी लिटिल मास्टर्सको ग्रान्ड फाइनलसम्म पुगेर उपाधि जित्ने तेरिया फौजा मगर नै पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन्।
सन् २००७ को तेस्रो इन्डियन आइडलमा तामाङलाई इन्डियन आइडलमा संसारभर छरिएर रहेका नेपालीले भोटिङ गरेर जिताए जस्तै एक पटक नेपाली मूलकी १२ वर्षीया तेरिया फौजा मगरलाई समेत जिताउन साथ सहयोग र समर्थन गरेका थिए।
को हुन तेरिया फौजा मगर?
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन भने बाबु रोजगारीका लागि विदेशमा छन्।
यसअघि प्रतियोगितामा भाग लिन आवेदन दिएका १४ वर्ष मुनिका तीन लाख बालबालिकामध्ये ४० हजार जना छनोटमा परेका थिए। तीमध्ये तेरिया नेपालबाट छनोटमा पर्ने एक्ली हुन्। भारतीय टेलिभिजनबाट प्रसारित हुने विभिन्न कार्यक्रममा नेपालीमूलका भारतीय सहभागी भएर प्रतियोगिता जित्न सफल भए पनि डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको ग्रान्ड फाइनलसम्म पुगेर उपाधि जित्ने तेरिया फौजा मगर नै पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन्।
स्थानीय रुद्रपुरकी ११ वर्षीया बालिका तेरिया फौजा मगर उक्त टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर– ३ मा करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम आठौँ स्थानमा पुग्न सफल भएकी थिइन् ।यस्तै आकर्षक नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले भोटिङ राउन्डमा दर्शकबाट पनि निरन्तर सर्वाधिक भोट प्राप्त गर्दै अन्तिम पाँचमा आउन सफल भएकी थिइन्।उत्कृष्ट पाँचपछि डीआईडीको ग्रान्ड फिनालेमा आफ्नी प्रतिस्पर्धी अनुस्का क्षेत्रीलाई उछिन्दै नेपाली चेली तेरिया डान्स इन्डिया डान्सको स्टारको स्टार बन्न सफल भइन।