Headlines News :
fb
Home » » निद्राले बढाउँछ स्मरण शक्ति

निद्राले बढाउँछ स्मरण शक्ति

रातको समयमा आनन्दले सुत्दा स्मरण शक्ति र सिक्ने शक्तिमा सुधार कसरी आउँछ भन्ने कुरा चिनियाँ र अमेरिकी वैज्ञानिकहरूले पत्ता लगाएका छन्। साइन्स जर्नलमा प्रकाशित उनीहरुको अध्ययनले सघन तालिमले पनि अपूरो निद्राको पूर्ति गर्न नसकेको देखाएको छ। विशेषज्ञहरूले भनेका छन्- यो सानदार र महत्त्वपूर्ण अध्ययन हो, जसले स्मरणशक्तिको प्रक्रिया बाहिर ल्याइदिएको छ।

निद्राले स्मरण शक्ति र सिकाइमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने थाहा भएकै हो। तर मस्तिष्कमा वास्तवमा के हुन्छ र निद्रा महत्त्वपूर्ण हुन्छ भन्ने विवादको विषय रहँदै आएको छ। न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिन र पेकिङ विश्वविद्यालयको सेनजेन ग्रयाजुएट स्कुलका अनुसन्धानकर्ताहरूले घुमिरहेको रडमा हिँड्न मुसाहरूलाई नयाँ तालिम दिने क्रमलाई आधार बनाएर यो प्रक्रिया पत्ता लगाएका हुन्।

लगातार पढिरहनुभन्दा पढेर गहिरो निद्रा सुत्नाले पढेको लामो समयसम्म सम्झना हुन सक्छ। ती जनावरहरू सुतिरहेको बेला र तिनलाई निद्रा कम भएको बेला अनुसन्धानकर्ताहरूले जिउँदो मस्तिष्कको भित्री भागमा माइक्रोस्कोपमार्फत हेरेका थिए। उनीहरूको अध्ययनले देखाएको छ, पूरा सुतेका मुसाहरूको स्नायुबीच नयाँ अन्तरसम्बन्ध विकास भयो र उनीहरूले तालिमको कुरा झन् बढी सिकिरहेका थिए। उनीहरूले स्मरण शक्ति बढाउन गहिरो निद्रा आवश्यक रहेको देखाए।

'हामीले सोच्यौं, निद्राले सहयोग पुर्‍याउँछ तर त्यो अरू कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँच्चिकै सहयोग पुर्‍याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन। उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्युरोनबीच नयाँ सम्पर्क बनाउन निकै महत्त्वपूर्ण हुन्छ।' न्युयोर्क विश्वविद्यालयका प्रोफेसर वेन बियाओ गान भन्छन्, निद्राले न्युरोनहरूबीच नयाँ सम्बन्ध प्रवद्र्धन गर्छ भन्ने नयाँ कुरा हो, जुन यसअघि अरू कसैलाई थाहा थिएन।' युनिभर्सिटी अफ सरेकी डा. राफेल विन्स्की समररले भनिन्, 'यो असाध्यै प्रभावशाली राम्ररी वर्णन गरिएको उपलब्ध उच्च प्रविधिको प्रयोग गरेर स्मरणशक्तिको प्रक्रिया देखाइएको प्रभावशाली अध्ययन हो।' वास्तवमा यो अध्ययनले निद्राले न्युरोनहरूबीचको नयाँ सम्बन्ध विकास गर्ने भएकाले निद्रा बचाउनु भनेको छ। त्यसकारण धेरै बेर पढिरहनुभन्दा थोरै पढ्नु र राम्रो निद्रामा सुत्नु उपयुक्त हुनेछ। बीबीसी
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar