ब्रसेल्स– बेल्जियमका प्रधानमन्त्री इलियो डी रुपोले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विश्वकप अन्तिम १६ अन्तर्गत दुई देशको भेट पक्का भएपछि बेल्जियन बियर बाजी राख्न आह्वान गरेका छन्।
बिहीबार बेल्जियम दक्षिण कोरियालाई १–० को नतिजामा हराउँदै समूह 'एच' बाट विजेता हुँदै नकआउट चरण पुगेको थियो। यसैगरी योर्गान क्लिन्सम्यानको अमेरिका जर्मनीसँग पराजित भए पनि गोलअन्तरमा पोर्चुगललाई पछि पार्दै समूह 'जी' बाट उपविजेतामा अन्तिम १६ पुगेको थियो। दुई टोलीबीच बुधबार बिहान क्वार्टरफाइनल पुग्न प्रतिस्पर्धा हुनेछ।
'हे एट बाराक ओबामा, म हाम्रो बेल्जियन टोली विश्वकपको क्वार्टरफाइनल पुग्छ भनेर केही बेल्जियन बियर बाजी राख्न चाहन्छु,' डी रुपोले शुक्रबार टि्वट गरेका छ। अमेरिकी राष्ट्रपतिले यसको जवाफ दिइसकेका छैनन्।
fb