
पछिल्लो समय आधुनिक कृषिमा व्यस्त भइरहेकी विनिताले ग्ल्यामर क्षेत्रमा फर्किने संकेत नदेखाए पनि मोहभंग नभएको उनले गरेको फोटोसुटबाट स्पष्ट हुन्छ। गाउँले युवतीकै रूपरंगमा हालै उनी रोपाइँमा सरिक भइन्।
गुन्यूचोलो र नाकमा लाएको बुलाकीले अरू रोपारभन्दा उनलाई फरक देखाएको थिएन। फरक त्यति बेला देखियो, जब उनले क्यामरातिर फर्केर रोपाइँका पोज दिन थालिन्। पाँच वर्षभित्र काठमाडौँमा विषादीरहित कृषि प्रणाली लागू गर्ने योजनामा पनि उनको संलग्नता छ।