सिरहा– भवानीपुर–६ मा एक महिलाले आफूलाई बलात्कार गर्ने युवकको प्रतिकार गर्दै उनलाई गम्भीर घाइते बनाइदिएकी छिन्। बलात्कारको प्रतिकार गर्दै मुखिया थरकी ती महिलाले सोही ठाउँका २३ वर्षीय बिल्टु मुखियाको लिंग ब्लेडले काटिदिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुँयालले जनाए।
नास्ताको पसल चलाउँदै आएकी चार छोराछोरीकी आमा ती महिलालाई राति सुतिरहेको बेला दुई जना घरभित्र प्रवेश गरी एकले बलात्कार गरेको फुँयालले बताए।
गम्भीर घाइते बिल्टुको प्रहरी निगरानीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। महिलालाई स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ।