Headlines News :
fb
Home » » प्रधानमन्त्रीको फोक्सोमा दाग

प्रधानमन्त्रीको फोक्सोमा दाग

  • उपचारका लागि अमेरिका जाने तयारी

काठमाडौं, जेष्ठ २८ - प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाई लिएर विभिन्न टिकाटिप्पणी आएपछि मंगलबार उनको नीजि चिकित्सकले फोक्सोमा दाग देखिएको पुष्टि गरेका छन । तर, त्यस्तो दाग क्यान्सर हो या होइन भन्नेबारेमा भने उनले प्रष्ट पारेका छैनन् ।  चिकित्सकको टोलीले प्रधानमन्त्री कोइरालालाई  अनुकुल समय मिलाएर सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य जाँच गर्न सुझाएको छ ।

तीन हप्तादेखि प्रधाननमन्त्री कोइरालामा सुख्खा खोकी, ज्वरो आउने लक्षण देखिएको प्रधानमन्त्रीका निजि चिकित्सक करवीरनाथ योगीले विज्ञप्ती मार्फत मंगलबार सार्वजनिक गरेका हुन । योगीका अनुसार प्रधानमन्त्री कोइरालाको विदेश भ्रमणमा जानु अघि र पछि समेत स्वास्थ्य परिक्षण हुँदै आएको छ । कोइरालाले हालै भारत र चीनको भ्रमण गरेका थिए । पछिल्लोपटक चीन भ्रमणबाट फर्केको भोलीपल्ट कोइरालाको जेठ २४ गते योगीको नेतृत्वमा चिकित्सकको विज्ञ समूहले शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरेको थियो । परिक्षणको क्रममा सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएको र थप परिक्षण हुदै आएको चिकित्सक योगीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्रीको नीजि सचिवालय स्रोतका अनुसार फोक्सोमा देखिएको दाग क्यान्सरको लक्षण हुन सक्ने भन्दै सुविधासम्पन्न अस्प्तालमा उपचारका जान सुझाव दिएको हो ।

प्रेस विज्ञप्तीमा प्रधानमन्त्रीले पहिलेदेखि नै ब्रोङाइटिसको औषधीहरु नियमित सेवन गरिरहेको उल्लेख छ । प्रधानमन्त्री कोइरालाको यसअघि जिव्रोको क्यान्सरको न्यूयोर्क एभिन्युस्थित केटरिङ क्यान्सर सेन्टरमा शल्यक्रिया भएको थियो । जिव्रोका शल्यक्रिया पछि प्रधानमन्त्री कोइराला फलोअपका लागि बर्षेनी जाने गर्छन । 'प्रधानमन्त्रीज्यूले असार महिनाको दोस्रो हप्ताभित्र नियमित परीक्षण गराउन उपयुक्त हुने सुझाव हामीले दिएका छौं  । गत बर्ष असार १३ मा नियमित परीक्षण गराएपछि कार्य व्यस्तताका कारण उहाँले बीचमा अनुगमन परीक्षणलाई निरन्तरता दिन सक्नु भएको छैन' निजि चिकित्सक योगीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

निजि चिकित्सकले स्वास्थ्य जस्तो संवेदनशील विषयमा समाचार दिंदा सम्बन्धित व्यक्तिको गोपनीयताको हक र निजको चिकित्सकको व्यवसायिक धर्मलाई समेत ध्यानमा राखी समाचार प्रकाशित गर्न आग्रह समेत गरेका छन । प्रधानमन्त्री कार्यालयले राजनीतिक गतिरोध फुकाउन साथ प्रधानमन्त्री कोइराला स्वास्थ्य परिक्षणका लागि अमेरिका जाने बताएको छ । 'संसदको गतिरोध, २६ सभासदो मनोनयन, बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि जाने तयारी छ' प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,'संसदको गतिरोध जारी रहेकाले कहिले जाने भन्ने तय हुन सकेको छैन ।'
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar