Headlines News :
fb
Home » » एसएलसी नतिजा सार्वजनिक

एसएलसी नतिजा सार्वजनिक

काठमाडौं : यसवर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ परीक्षा नियन्त्रण कार्यलय सानो ठिमीले शुक्रबार अपरान्ह नतिजा सार्वजनिक गरेको हो। यसपटक ४३ दशलव ९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

बोर्डमा परीक्ष नियन्त्रक, शिक्षा विभागका महानिर्देशकलगायतका पदाधिकारीहरु रहेका छन्। नतिजा सुन्न र हेर्नका लागि परीक्षा नियन्त्रकको कार्यलय सानो ठिमीमा अहिले देखि नै ठूलो भीड लागेको छ।

एसएलसीको परिणाम परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीको आधारिकारिक वेबसाइट www.soce.gov.np,नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा विभाग www.moe.gov.np,www.doe.gov.np तथा नेपाल टेलिकमको आधिकारिक www.slc.ntc.net.np मा हेर्न सकिनेछ। यसका साथै नेपाल टेलकमको ल्याण्डलाइन फोनमा १६०० सय डायल गरी एसएलसीको जानकारी लिन सकिनेछ।

गत चैतमा भएको एसएलसी परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८४ जना परीक्षार्थी सहभागी छन्। जसमध्ये नियमिततर्फ चार लाख १९ हजार तीन सय ५१ जना र आंशिकतर्फ एक लाख ४६ हजार सात सय ३३ जना छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar