Headlines News :
fb
Home » , » हेर्नुस् चुरोट खाँदा फोक्सोमा के हुन्छ (भिडियो सहित)

हेर्नुस् चुरोट खाँदा फोक्सोमा के हुन्छ (भिडियो सहित)

चुरोट खाँदा क्यान्सर हुन सक्छ । चुरोटले फोक्सोमा हानी गर्छ । चुरोट खानु स्वास्थ्यको लागि हानिकारक छ । जस्ता उक्ति हामीले बच्चाबेला देखि नै सुन्दै आएका छौं । तर वास्तवमा चुरोटले फोक्सोमा के असर गर्छ भन्ने चाँहि हामीले देखेका छैनौं ।
हङकङको यान चाइ हस्पिटल तुङ ची यीङ मेमोरियल स्कुलका एक शिक्षकले बनाएको एक भिडियो हेर्नु भो भने तपाइँले चुरोट खाने कुरा भुलेर पनि सोंच्नु हुनेछैन ।

रायन अउ नामका ती शिक्षकले आफ्ना विद्यार्थीहरुले समेत चुरोट खान थालेपछि चिन्ता लागेर चुरोट खाँदा फोक्सोमा पर्ने असरबारे यस्तो भिडियो बनाएर सार्वजनिक गरेका हुन् ।
उनले बनाएको भिडियोमा  ६० ओटा सिगरेट खाएपछि फोक्सोमा पर्ने असरलाई निक्कै स्पष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।
भिडियोमा २ वटा फोक्सोको सेट छ । एउटामा सफा हावा भित्र पठाइएको छ भने अर्कोमा चुरोटको धुवाँ ।
६० वटा चुरोटको धुँवा भित्र पठाएपछि २ फोक्सको अवस्था तुलना गरिएको छ ।
चुरोटको धुवाँ पठाइएको फोक्सोमा धुवाँका कारण काला काला धब्बा बसेको र कालो पदार्थ जम्मा पहेँलो हुँदै गएको स्पष्ट देखिन्छ ।
त्यसैले फोक्सोमा श्वासनली नै बन्द गरेको समेत देखिन्छ ।
चुरोट खानेहरुलाई यसको असरबारे थाहा भएपनि त्यति संवेदनशील भएको नपाएपछी आफूले यो भिडियो बनाएको यान चाइले बताएका   छन् ।
तर उनले बनाएको यो भिडियो हेरिसकेपछि भने चुरोट पिउनेहरुले चुरोट हातमा लिएर सल्काउनु अघि १०० पटक सोंच्नेछन् ।

हेर्नुस भिडियोः

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar