विश्वमा एक अर्ब मानिस निकोटिनको सेवन गर्छन् र यसको प्रयोगकै कारण प्रतिवर्ष ६० लाख जतिको मृत्यु हुन्छ। निकोटिनका अलावा यस्ता पदार्थमा अरू सयौं हानिकारक रासायनिक पदार्थहरू, जस्तै: टार, एमोनिया, आर्सेनिक, कार्बोनमोनोक्साइड पनि हुन्छन्। संसारमा हुने अर्बुद रोगको ३० प्रतिशतभन्दा बढी क्यान्सर यसमा हुने बेन्जोपाइरिनजस्ता क्यान्सर निम्त्याउने रसायनले हुने तथ्यांक छ। फोक्सो, मुख, पेट, घाँटी, पिसाबथैली, मिर्गौला, कलेजो, प्यांक्रियाज र अरू धेरै खालका क्यान्सर, निमोनिया, ब्रोन्काइटिस, दम र अरू श्वासप्रश्वासका रोगहरू, मुटु र रक्तनलीका रोगहरू, नसा रोगहरू र अरू धेरै स्वास्थ्य समस्या निम्त्याएर आयु क्रमश: छोट्ट्याइरहेका हुन्छन्।
निकोटिन वा सुर्तीजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्तो धुँवा तान्ने तथा सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खाजस्ता धुँवारहित रूपमा सेवन गर्ने चलन छ। भ्रममा पर्नेगरी यसको सेवनले जाँगर जगाइराख्ने, मन स्थिर राखेर रिस घटाउने, जैविक प्रक्रियाको दर बढाएर तौल नियन्त्रित राख्नेजस्ता वाञ्छित लाग्ने केही असर क्षणिक रूपमा देखाउँछन्। सेवन हुँदै गएपछि यसले स्नायुकोष र विविध अवयवहरूमा असर गरेर बढी मात्राको सेवन गर्नुपर्ने, तल्तल् लाग्ने, सेवन छाड्दा छटपटी हुने र व्यक्ति सेवन गर्न बाध्य हुने लक्षण उत्पन्न हुन्छन्।
क्षयरोग, पाठेघरको क्यान्सर, मोतीबिन्दुजस्ता धेरै स्वास्थ्य समस्यासँग सुर्तीजन्य पदार्थको सम्बन्ध देखिएको छ। गर्भवती महिलाको सेवनले शिशुको तौल कम हुने, मानसिक र शारीरिक विकासमा असर पर्ने तथा घरमा अरूले गरेको सेवनले परिवारजनलाई पनि गम्भीर असर पर्ने देखिएको छ। उदासीन, छटपटी, पागलपन, मद्यपान र नशालु पदार्थको दुव्र्यसनसहित अरू मानसिक समस्यासँग पनि यसको सम्बन्ध देखिएको छ। छटपटी, पी डा वा तनाव घटाउन चुरोट पिउनाले पछि छाड्न नसक्ने र छटपटी अरू बढ्ने गर्छ। धेरै मानिसमा अरू नशाको लत यसको सेवनबाट सुरु हुन्छ।
यसको प्रयोग र समस्या हुन नदिनको लागि प्राथमिक रोकथामका उपाय, जस्तै: जनचेतना जगाउने, यसमा कर बढाउने, निश्चित ठाउँबाट मात्र बिक्रीवितरण गर्ने, निश्चित स्थानमा मात्र धूमपान गर्ने कानुन लागू गर्ने, यसको सेवन गर्दै नगर्ने, गर्नेहरूको संगतबाट आफू र विशेषत: बच्चाहरूलाई टाढा राख्ने, बालबालिकाको अगाडि अभिभावकले यसको सेवन नगर्ने, उनीहरूलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण नगर्ने र सल्काउन नलगाउने, सुर्तीको सट्टा अरू खेती गर्ने, विज्ञापनमा रोक लगाउने, यसका बेफाइदाबारे जानकारी र फोटो चुरोट बट्टाको आधा भाग ओगट्ने गरी राख्ने, यसको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनी रूपमै निरुत्साहित पार्ने अभियानको जरुरत छ। सन् २०१४ मे ३१ को 'विश्व धूमपान विरोधी दिवस' ले औंल्याएजस्तै चुरोट र सुर्तीजन्य पदार्थमा सम्भव भएसम्मको उच्च दरमा कर उठाएर यसकै रोकथाममा खर्चनु आजको आवश्यकता भएको छ।
डेबिड एच नटले सुझाएझै निकोटिनको प्रतक्ष्य असर, सेवनकर्ता र उसको वस्तुस्थितिमा आधारित विविध पक्षलाई ध्यानमा राखी यो समस्याको विश्लेषण र निदान गरिनु जरुरी हुन्छ। यी तत्त्वहरू यसको समस्यालाई बढावा दिनमा एकआपसमा यति सबल हुन्छन् कि त्यो चक्रब्यूह तोड्न बहुसंख्यकलाई गाह्रो पर्छ। यी पदार्थ सामाजिक रूपले ग्राह्य र स्वीकृत छन्; विविध स्वरूपमा, सजिलै र जहाँ पनि पाइन्छन्। कतिपय सामाजिक र सांस्कृतिक पहलले पनि यसलाई बढावा दिने हुन्छन्; साथीभाइ, व्यापारव्यवसाय, भेटघाट र व्यवहारमा यो माध्यम, प्रतिष्ठा र इज्जतको विषय बनिसकेको स्थिति छ। कतिपय छटपटी, तनाव, उदासीनता, व्यक्तित्वका समस्यालगायत पागलपन र अरू मानसिक समस्या भएका मानिसहरू अझ बढी यसको लतमा फँस्ने गर्छन्।
निकोटिनले केकस्ता असर हुन्छन् भनी बुझेपछि उपचारको ढोका खुल्छ। यसका नकारात्मक असरबारे बुझ्दाबुझ्दै पनि धेरै मानिस यसको प्रयोग गर्न बाध्य रहन्छन्। यो अम्मल छाड्ने कुरालाई सामान्य रूपमा नलिई व्यक्ति, परिवारजन, साथीभाइ, सहकर्मी, चिकित्सक सबैले महत्त्वका साथ उत्साह जगाउने, आवश्यक सरसल्लाह, सहयोग जुटाउने र छाड्ने मिति सार्वजनिक बनाएर शुभचिन्तकलाई खुसीका साथ भन्ने गर्दा फाइदा हुन्छ। प्राय: व्यक्तिहरू पहिले पनि कोसिस गरिसकेका हुने गर्छन् र पनि हरेकपल्ट नयाँ तरिका र उत्साहका साथ यो प्रयासमा लागिरहनुपर्छ। जुनसुकै बहाना, कारण र परिस्थितिमा यसको सेवन छाड्ने प्रयास सकारात्मक हो। क्रमश: यसको सेवन, मात्रा कम गर्दै लगेर निश्चित दिनमा तयारीका साथ छाड्ने वा एक्कासि चट्टै छाड्ने हो जसरी अनुकूल हुन्छ गर्न सकिन्छ। सुरु का दिनमा फेरि सेवन हुने डर भएकोले आफन्त र संलग्न चिकित्सकले बेलाबेला फलोअप गर्नु गराउनु राम्रो हुन्छ। फलोअपमा अम्मल छाड्ने उत्साह र साहस अभिवृद्धि हुने खालको कुराकानी र परामर्श दिनुपर्छ।
कारक तत्त्वहरूको पहिचान गरी उपयुक्त विधिको चयन गर्न, यसबारे रहेका खुल्दुली मेट्न र पुन: प्रयोग गरिने उच्च खतराका स्थिति चिनेर अपनाउन सकिने उपायबारे जानकारी लिन दक्ष चिकित्सकको सल्लाह उपयोगी हुनेगर्छ। अब व्यक्तिले यस्ता पदार्थ खल्तीमा बोकेर हिँड्न, सजिलै पाउनेगरी आँखा अगाडि राखिछाड्न, पैसा साथमा राख्न छोड्नुपर्छ। बिहान उठ्नासाथ, खाना खानासाथ वा प्राय: तल्तल् लाग्ने अरू समयमा अरू कुरामा मन भुलाउने उपाय खोज्नुपर्छ। शारीरिक व्यायाम, खेलकुद, प्रार्थना, योग आदि गर्न सकिन्छ। प्रशस्त झोलिलो खानेकुरा, सागसब्जी सेवन पनि आवश्यक हुन्छ । यौटा अम्मल छाड्न अर्को नशाको सहारा लिनु भने श्रेयष्कर हुँदैन। हुँदै भएन भने, आरामले होइन चाँडोचाँडो चुरोटको सर्को तानेर सिध्याउनुपर्छ ता कि मजा होइन छटपटी, वाकवाकी र नरमाइलो लागोस्। यसको सेवनतिर धकेल्ने परिस्थितिहरू, जस्तै: साथीभाइ, जमघट, आदिमा बच्ने उपायहरूको खोजी गरी अपनाउनुपर्छ। यस्तोबेला अम्मल त्याग्ने आफ्नो निश्चय र प्रणलाई बलियो बनाई राख्नुपर्छ। विभिन्न मनोवैज्ञानिक विधिहरूमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थितिहरू सामना गर्न र मनमा सकारात्मक विचार बनाइराख्न सघाइन्छ।
आजभोलि निकोटिनका विविध औषधिहरू (गम, लोजेंग, प्याच, स्प्रे, इन्हेलर) पाइन्छन्। निश्चित अवधिका लागि यिनको प्रयोग गर्दा यो अम्मल छाड्न सरल र सफल हुने देखिन्छ। शरीरमा निकोटिन विस्थापन गर्ने यी दबाइबाहेक यसको तल्तल् र यसको प्रयोग छाड्दा हुने छटपटी आदिमा फाइदा हुने अरू औषधि पनि उपलव्ध छन्। व्यक्तिको आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा यी उपचार पद्धतिहरूको अवलम्बन गर्दा छाड्न गाह्रो मानिने निकोटिनको अम्मलबाट मुक्ति मिल्न सक्छ। विश्व स्वास्थ्य संघले अत: यसलाई एक दशकभन्दा पहिलेदेखि नै सर्वाधिक व्यापक, प्राणघातक र महँगो त्यस्तो स्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्दै आएको छ जसको उपचार भने अम्मल पदार्थहरूको दुव्र्यसनमध्ये अधिक प्रभावकारी हुने गर्छ।
(शाक्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोरोग विशेषज्ञ हुन्।)