Headlines News :
fb
Home » » दुई लाख नगद सहित लुटिए बडागाउका कुँवर

दुई लाख नगद सहित लुटिए बडागाउका कुँवर

गुल्मी ११ असार । भारतवाट फर्केर घरतर्फ जानेक्रममा गुल्मी बडागाउका एक व्यक्ति दुईलाख नगद रुपैयाँ सहित लुटिएका छन् । यसरी लुटिनेमा गुल्मी बडागाउँ गाविस ७ निवासी ३९ वर्षीय जंग वहादुर विश्वकर्मा रहेका छन् । उनी वुधवार विहान गुल्मीको रेसुङ्गा नगरपालीका ४ स्थित मसिना पोखरी भन्ने स्थानमा लुटिएका हुन् ।
लुटपाटमा संलग्न गुल्मी हस्तिचौर गाविस ८ स्थित ३२ वर्षीय डिल वहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कुँवरको साथवाट प्रहरीले १ लाख नगद रुपैयाँ समेत वरामद गरेको छ । मंगलवार दिउसो वुटवल स्थित वसपार्कवाट कुँवरले विश्वकर्मालाई पछ्याउँदै पछ्याउँदै एउटै वस चढेर गुल्मी आई पुगेको प्रहरीले मेरोजिल्ला डट कम लाई जानकारी दिएको छ । अभियुक्त कुँवरलाई प्रहरीले थप अनुसन्धानकालागि हिरासदमा राखेको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar