१९ जेठ, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवाको सिफारिसलाई लिएर चर्को असन्तुष्टि देखिएको छ । सिफारिसमा नपरेको डीआईजीहरुले सिफारिसमा आर्थिक चलखेल भएको र आफूहरुमाथि अन्याय भएको भन्दै पुनरावलोकनको माग गरेका छन् ।
सिफारिसमा नपरेको ६ जना डीआईजीले पुनरावलोकनको माग गरेका हुन् । उनीहरुले बढुवामा अन्यया भएको भन्दै प्रहरी नियमावली २०७१ अनुरुप आइतबार लोकसेवा आयेगमा पुनरावलोकनको माग गरेका हुन् ।
बढुवा सिफारिसमा नपरेको नारायण बस्ताकोटी, गणेश राई, यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विष्श्वराजसिंह शाहीले बढुवामा आर्थिक चलखेल दाबीसहित पुनरावलोकनको माग गरेका हुन् । प्रहरी नियमावली २०७१ मा बढुवामा चित्त नबुझे पुनरावलोकन गर्न पाइने प्रावधान छ ।
लोकसेवा आयोगको अध्यक्षतामा हुने उजुरी सुन्ने समितिमा मुख्य सचिव तथा कानुन सचिव सदस्य रहने व्यवस्था छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ