चितवन, असार ९ - पटिहानीको लक्ष्मी उच्च माबिमा कक्षा दशमा अध्ययनरत एक छात्रा पाँच दिनदेखि बेपत्ता भएको भन्दै उनका परिवारले खोजि गरिदिन आग्रह गरेका छन् ।
असार चार गते विद्यालय गएकीे आफ्नी छोरी घर नफर्केको उनकी आमा गोमा देबीले बताउनुभयो ।
घरबाट पाँच हजार रुपैयाँ चोरेर हिँडेकी १६ बर्षकी छोरी अप्सरा वेपत्ता भएपछि गोमादेवी चिन्तित हुनुहुन्छ ।
छोरी वेपत्ता भएको थाहा पाए लगतै स्थानीय प्रहरी, जिल्ला प्रहरी, माईती नेपाललगायतका संस्थालाई जानकारी गराएपनि छोरीको पत्ता लाग्न नसकेको गोमादेवीले बताउनुभयो ।
सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजीका लागि पहल गर्न सहयोग माग्दै उहाँ चितवन क्षेत्र नम्बर चारमा एमाले उमेद्वार पार्वती रावल भएको ठाउँमा आउनु भएको थियो । रावलकै पहलमा भरतपुरमा आमा गोमा देवीले छोरी हराएको बारे पत्रकारहरुलाई पनि जानकारी गराउनु भएको हो । छोरीसँगै पढ्ने स्थानीय नितु दराईले भारत जाउँ भनेको छोरीले बताउँदै आएको गोमादेवीले जानकारी दिनुभयो । तर छोरीले भारत कहाँ र को सँग जाने भन्ने बारेमा केही नबताएको उहाँले सुनाउनुभयो ।
विद्यालयबाट १२ बजेतिर नितुसँगै निस्किएको र नजिकैको पसलमा छाता झोला, झुम्का किनेर गएको सोधपुछका क्रममा थाहा पाएको गोमादवीले बताउनुभयो । घरबाट हिँड्दा छोरीले ५ हजार रुपैयाँ चोरेर लगेको जानकारी पनि उहाँले दिनुभयो । हराएकी अप्सराका पिता श्याम प्रसाद रोजगारीका शिलशिलामा भारतको मद्रासमा हुनुहुन्छ ।
असार चार गते विद्यालय गएकीे आफ्नी छोरी घर नफर्केको उनकी आमा गोमा देबीले बताउनुभयो ।
घरबाट पाँच हजार रुपैयाँ चोरेर हिँडेकी १६ बर्षकी छोरी अप्सरा वेपत्ता भएपछि गोमादेवी चिन्तित हुनुहुन्छ ।छोरी वेपत्ता भएको थाहा पाए लगतै स्थानीय प्रहरी, जिल्ला प्रहरी, माईती नेपाललगायतका संस्थालाई जानकारी गराएपनि छोरीको पत्ता लाग्न नसकेको गोमादेवीले बताउनुभयो ।