धादिङ, आषाढ १६ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको पिलमोडमा ट्रिपरको ठक्करबाट घरभित्र सुतिरहेका दुईजनाको मृत्यु भएको छ । गएराति थानकोटबाट नौबिसेतर्फ जाँदै गरेको ट्रिपरले ठक्कर दिँदा पिपलका बलराम बोहोरा र उनकी श्रीमती मैयाको घटनास्थलमै मृत्यु भएको हो ।
दुबैको शव बिहान मात्रै निकालिएको थियो । तीव्र गतिमा आएको ट्रिपर अनियन्त्रित भइ सडक छेउमा रहेको घरमा ठोकिएको प्रहरीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालुवा, ढुंगा र गिट्टी ढुवानी गर्न दैनिक ३ सयको हाराहारीमा ट्रिपर धादिङ–काठमाडौं ओहोरदोहोर गर्दछन् । एकर्कालाई जथाभावी उछिना–उछिन गर्ने क्रममा उक्त सडकमा पटक–पटक दुर्घटना हुँदै आएको छ ।
fb