Headlines News :
fb
Home » » नेपाल विश्‍वकप छनोटको समूह 'एच' मा

नेपाल विश्‍वकप छनोटको समूह 'एच' मा

 विश्‍वकप फुटबल महासंघ (फिफा) ले रुसमा सन् २०१८ मा आयोजना हुने विश्‍वकप फुटबल प्रतियोगिताका लागि एसियाली राष्ट्रको प्रारम्भिक छनोटको समूह विभाजन गरेको छ। आइतबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार प्रारम्भिक छनोटमा एसियाका ४० देशले भाग लिने भएका छन्।

प्रारम्भिक छनोट खेलका लागि नेपाल समूह 'एच' मा परेको छ। नेपालको समूहमा उज्वेकिस्तान, इराक, लेवनान र म्यानमार रहेका छन्। समूह 'ए' मा ओमन, प्यालेस्टाइन, ताजकिस्तान, मलेसिया र लाओस छन्। समूह 'बी' मा जोर्डन, भियतनाम, फिलिपिन्स, काजकिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। समूह 'सी' मा दक्षिण कोरिया, बहराइन, तुर्कमिनिस्तान, हङकङ र यमन छन्।

यसैगरी समूह 'डी' मा जापान, साउदी अरब, माल्दिभ्स, भारत र चाइनेज ताइपेइ रहेका छन्। समूह 'इ' मा इरान, कतार, अफगानिस्तान, सिंगापुर र ग्वाम छन्। समूह 'एफ' मा भने अस्ट्रेलिया, कुवेत, सिरिया, इन्डोनेसिया र पाकिस्तान परेका छन्।

यसैगरी समूह 'जी' मा यूएई, चीन, उत्तर कोरिया, थाइल्यान्ड र श्रीलंका रहेका छन्। प्रारम्भिक चरणबाट प्रत्येक समूहका विजेतासहित उत्कृष्ट १२ टोली अर्को चरणमा पुग्नेछन्। अघिल्लो चरणमा पुग्ने १२ वटा टोलीले सन् २०१९ को एएफसी एसिया कपमा पनि भाग लिन पाउनेछन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar