
२६औं मिनेटमा जोएल माटिपले क्यामरुनका लागि बराबरी गोल गरे। त्यसको ९ मिनेटपछि अर्को गोल गर्दै नइमारले टिमलाई २-१ को अग्रता दिलाए। ब्राजिल विश्वकपमा उनको यो चौथो गोल हो। यसअघि क्रोयसियाविरुद्ध उनले दुई गोल गरेका थिए।
ब्राजिलका लागि फ्रेडले ४९औं मिनेटमा तेस्रो गोल गरे। चौथो गोल भने ब्राजिलका लागि ८४औं मिनेटमा फ्रान्नडिन्होले गरे।
दोस्रो चरणमा ब्राजिलले समूब बी को उपविजेता चिलीसँग भिड्नेछ।
समूह ए कै अर्को खेलमा क्रोयसियालाई हराउँदै मेक्सिको अर्को चरणमा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा क्रोयसियलाई ३-१ गोलले पराजित गर्दै मेक्सिको अर्को चरण पुगेको हो।mexico-2
ब्राजिलसँग समान अंक रहेपनि गोलअन्तरले पछाडि पर्दै मेक्सिको समूह उपविजेता बनेको हो। दोस्रो चरणमा मेक्सिकोले समूह बीको विजेता नेदरल्यान्ड्सको सामना गर्नेछ।
मेक्सिकोको लागि राफेल माक्रवेजले ७२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। लगत्तै ७५ मिनेटमा आन्द्रेसको गोलमा मेक्सिकोले २-० गोलले अग्रता पायो। ८२औं मिनेटमा जाभियरले गोल गर्दै जित सुनिश्चित गरे। क्रोयसियाका लागि ८७औं मिनेटमा इभानले सन्तावना गोल गरे।