
इराकबाट उत्पादन हुने तेल प्रशोधन गर्ने देशको तेस्रो केन्द्र विद्रोहीको कब्जामा गएपछि यसको असर अन्र्तराष्ट्रिय तेल बजारमा पर्ने अनुमान गरिएको छ । मोसुल, टिक्रिटलगायतका ठूला शहर र सिरिया तथा जोर्डनको सीमा कब्जा गरेका सुन्नी विद्रोहीहरु राजधानी बग्दादतर्फ अगाडि बढिरहेका छन् ।
यसैबीच बग्दाद पुग्नुभएका अमेरिकी विदेशमन्त्री जोन केरीले इराकी नेताहरुसंग छलफल गरेपछि विद्रोही विरुद्धको अभियानमा इराकी सरकारलाई हरेक खाले सहयोग निरन्तर गर्ने बताएका छन् ।