Headlines News :
fb
Home » » नेपाल नाइजेरियनहरुका लागि लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट

नेपाल नाइजेरियनहरुका लागि लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट

 २७ जेठ, काठमाडौं । लागूऔषध कारोबारका लागि नेपाल ट्रान्जिट मुलुकका रुपमा प्रयोग हुन थालेको छ । अन्तर्राष्ट्रिय रुपमै चर्चा पाएका नाइजेरियन नागरिकहरुले नेपालको विमानस्थल प्रयोग गरी करोडौं मूल्यबराबरको लागूऔषध नेपालको बाटो हुँदै युरोप लैजान लागेको अवस्थामा तीन विदेशी महिला पक्राउ परेपछि नाइजेरियनहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएको प्रहरीले दाबी गरेको छ ।

लागूऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट खटिएको अप्रेसन समूहले काठमाडौं महानगरपालिका २९ चाक्सीबारी मार्गस्थित ट्यांकर होम होटलमा बसेका फिलिपिन्स महिला क्रिस्टिना अबेगर हारो, पाकिस्तानी महिलाद्वय लुईस अथर र आयस्था हुसैनलाई कोकिनसहित पक्राउ गरेपछि प्रहरी यस्तो निष्कर्षमा पुगेको राजधानी दैनिकमा खबर छ ।

व्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रतापसिंह थापाले ब्राजिल हुँदै नेपाल र त्यहाँबाट पाकिस्तानस्थित कराँची विमानस्थल प्रयोग गरेर लैजान लागेको सो कोकिन बरामद गरेको बताए । यसको रुट नेपालमात्र नभएर ब्राजिलबाट दुवई, नेपाल र कराँची तथा युरोपियन मुलुकसम्म रहेको थापाले बताए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar