दरबार हत्याकाण्डको म प्रत्यक्षदर्शी होइन । त्यसबारेमा किटेरै म केही पनि भन्न सक्दीन । यहाँ विभिन्न मानिसहरु दिपेन्द्रले हत्या गरेको भन्छन् । तर आफुले नदेखेको विषयमा कसैलाई हत्यारा पनि भन्न सकिन्न । हिमालयशमशेर जबराले आफ्नो एक पुस्तकमा ‘दरबार हत्याकाण्ड दीपेन्द्रबाटै भएको’ दाबी गरेका रहेछन् । के उनले त्यो आफ्नै आँखाले देखेका हुन त ? आफूले आँखाले नदेखेको विषयमा त्यसरी लेख्नु ठीक होकी होइन ? किन उनले आफ्नै आँखाले देखें भन्नुप¥यो, हैन भने नदेखेको विषयमा किन किटेरै लेख्ने ? मलाई लाग्छ, युवराज दीपेन्द्रबाट त्यस्तो नरसंहार भएको भन्ने कुरामा म पटक्कै विश्वास गर्दिन ।
युवराज दीपेन्द्रको म निजी सचिवालय प्रमुख थिएँ र मैले युवराजलाई त्यस रुपमा पाइन । दरबार हत्याकाण्ड दिपेन्द्रले गराएका हुन भन्ने म मान्दीन । त्यो हत्याकाण्डको सत्यतथ्य एकदिन अवश्य प्रकाशमा आउला । त्यो हत्याकाण्डलाई लिएर जसरी तत्कालीन युवराजाधिराज दीपेन्द्रमाथि दोष थोपर्न मिल्दैन । त्यसले यथार्थलाई छोपेको छ । सत्य अर्कै छ, तर दिपेन्द्रमाथि दोष थोपरेर सत्यमा पर्दा हाल्न खोजिएको छ । मलाई सम्झना छ, १९ जेठ २०५८ को त्यो विहान । दीपेन्द्र सरकार आफैंले ल्याण्डक्रुजर हाँकेर सातदोबाटोस्थित खेलमैदानमा पुग्नुभएको थियो । म युवराजका साथमै थिएँ ।
युवराजको स्वागतमा खेलकुद परिषदका तात्कालीन सदस्यसचिव विनोदशंकर पालिखे र ओलम्पीक कमिटीका अध्यक्ष रुक्मशमशेर राणा हाजीर भए । त्यहाँ युवराजले केहीबेर स्क्वास पनि खेलेको म सम्झन्छु । अपराह्न चार बजेतीर युवराज र म सँग गाडीमा नारायणहीटती दरबार फर्कियौं । युवराजको क्वार्टर त्रिभुवन सदननेर पुगेपछि बिदा हुनैलाग्दा ‘सरकार, आज बडागुरुज्यूकहाँ निम्तो पनि छ, सरकार सवारी होइबक्सनुपर्छ’ भनेर साँझको कार्यक्रमबारे व्रिफीङ गरेंको थिएँ । युवराजले भनीबक्स्यो, ‘ल, ल तिमी जाऊ ।’ म सोझै कार्यालयतर्फ गएँ र काम सकेर घर फर्किएँ । साँझ एकाएक दरबारबाट फोन आयो । म टिभी हेरेर बसिरहेको थिएँ । नौ बजेको थियो ।
फोनमा युवराज दीपेन्द्रका एडीसी राजु काकीले आत्तिएको स्वरमा भने, ‘सर, सबै सरकारहरुलाई छाउनी अस्पताल पु¥याइएको । स्थिति गम्भीर छ, तुरुन्तै आउनुप¥यो ।’। साढे नौ बजेतिर युवराजको निजी सचिवालयमा पुग्दा पनि केही थाहा पाउन सकीएन । रातभरि दरबारभित्र कार्यालयमै बसीयो । भोलिपल्ट १० बजेतिर मात्र दरबारमा भिषण नरसंहार भएको त्रासदीपुर्ण खबर थाहा पाइयो । राजा रानी र सबैको मृत्युको खबर सुन्नुप¥यो । म २०२५ सालदेखी दरबारमा काम गरेको मान्छेका लागि त्यो खबर स्तब्ध बनाउने खालको थियो । दरबारको प्रमुख संवाद सचिवालयमा पाँच वर्ष काम गरेपछि मलाई युवराज दीपेन्द्रको निजी सचिवालयको प्रमुख बनाइएको थियो । मैले झलझली ति दिनहरु सँझीएँ । मैले युवराज दीपेन्द्रलाई दरबारका कर्मचारीको अगाडि कहिल्यै रिसाएको पाइन । उहाँको स्वभाव एकदम मिलनसार । कसरी उहाँबाट त्यस्तो काम भयो ? म आश्चर्यमा परेको थिएँ । अहिले पनि म उहाँको त्यो ‘स्माइलिङ फेस’ सम्झीन्छु । उहाँले आफ्ना बुबा, आमा र नातागोतालाई मार्नुभयो होला भनेर पत्याउन म सक्दीन ।
यो हुँदै होइन, उहाँले मारेको कुरामा म विश्वास गर्दीन । किनकी उहाँ बुबा, आमालाई निकै आदर गर्नुहुन्थ्यो । गुरुहरुलाई पनि उत्तिकै सम्मान गर्नुहुन्थ्यो । पढाइ पूरा भएपछि पनि उहाँ बुढानीलकण्ठ स्कुलमा गइरहनुहुन्थ्यो । स्कुलमासोझै प्रिन्सीपल नारायण शर्मा बस्ने क्वाटरमै गएर गफ गर्नुहुन्थ्यो । दरबार हत्याकाण्डमा दीपेन्द्रको भूमिका रहेको खबर आएपछि मैले बुढानीलकण्ठ स्कुलमा दीपेन्द्रलाई नेपाली पढाउने टिचर रामबाबु सुवेदीसँग सोधेको थिउँ, ‘त्यो हत्याकाण्ड तपाईंकै शिष्यबाट भएको हो ?’ रामबाबुको भनाइ थियो, ‘मेरा शिष्यबाट त्यो हत्याकाण्ड भएको भन्ने कुरामा मलाई विश्वास छैन ।’ अब रक्सी र नशाको कुरा गरौं । युवराजबाट मातेको सुरमा भटट फायर गरिएको भन्ने कुरा आयो । त्यसमा पनि मलाई विश्वास छैन । किनभने दिपेन्द्रले जतिसकुै मदिरा खाँदा पनि लाग्दैनथ्यो । एकपटक मैले युवराजलाई आफ्नै घरमा भोजमा डाकेको थिएँ । मेरा दुई छोरा र भान्जाको ब्रतबन्ध थियो । युवराज मेरो निमन्त्रणा स्वीकार गरेर कुलेश्वर आवास क्षेत्रमा रहेको मेरो घरमा आउनुभएको थियो ।साथमा अधिराजकुमार नीराजनसहित अन्य चारजना मित्रहरु पनि थिए । त्यसबेला युवराजले नेवारहरुको स्पेशल होम मेड रक्सी निकै मिठो मानेर पिउनुभएको थियो । चार बोतल रित्तिइसक्दा पनि युवराजको टोलीले थपीरहेकै थियो । अन्तीममा अझ एक बोतल थपीयो । तैपनि र्फकने वेलामा युवराज बिल्कुल होसमा रहेको मैले पाएँ । अझ, आफैंले गाडी हाँकेर फकिर्नुभयो । त्यसैले यस्ता धेरै कुराहरु छन, जसको आधारमा मलाई दिपेन्द्रबाट त्यो नरसंहार गराएकोमा पटक्कै विश्वास छैन । भविश्यमा यसको सत्य तथ्य बाहीर आउला, त्यो बाहीर ल्याउने काम राज्यको हो । (कुराकानीमा आधारीत)