विराटनगर, वैशाख २६ । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतमा भइरहेको चुनावलाई प्रजातान्त्रिक अभ्यासको नमूना भनेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै शाहले ‘भारतमा जुन प्रकारको चुनावको अभ्यास भैरहेको छ त्यसलाई सबैले अनुसरण गर्नुपर्ने’ बताए ।
‘भारतमा नरेन्द्र मोदीको सरकार आएपछि नेपालमा हिन्दू राष्ट्र होला ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्व राजाले ‘यो कुरा पत्रकारहरुलाई थाहा होला’ भन्दै पन्छिए ।
काठमाडौंबाट विराटनगर गएकी पूर्व युवराज्ञी हिमानी शाहसहितको टोलीलाई लिन पूर्व राजा झापाको दमकबाट विराटनगर विमानस्थल पुगेका थिए ।