
प्रहरीको सुराकीका आधारमा भन्सार कार्यालयका कर्मचारीले उनीहरूलाई पक्राउ गरेका थिए। आइतबारको बजार मूल्यअनुसार बरामद सुनको मूल्य पाँच करोड ७२ लाख रुपैयाँ पर्छ। विमानस्थल प्रहरी प्रमुख डीआईजी यादव अधिकारीले प्रहरी र भन्सार कार्यालयको उचित समन्वयका कारण सुन समातिएको बताए।
कतार एअरको उडानबाट शनिबार पौने पाँच बजे आएका भारत केरलाका पल्लिकल सलाभादेन दुई किलो तीन सय ५७ ग्राम सुनसहित पक्राउ परेका छन्। त्यस्तै सोही उडानबाट आएका भारत कर्नाटकका अस्ताराफ मुहमद तीन किलो सुनसहित पक्राउ परेका थिए। उनीहरूले सुटकेसभित्र फ ल्स बटम बनाएर लुकाई सुन ल्याएका थिए।
यसैगरी शनिबारै राति साढे १० वजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका तीन भारतीय सात किलो सुनसहित पक्राउ परेका थिए। उनीहरूले पनि सुटकेसभित्र फ ल्स बटम बनाएर सुन ल्याएका थिए। तीनजनामध्ये ३६ वर्षीय अब्दुल रफ चेमान्डको साथबाट साढे एक किलो, सोही स्थानका ४१ वर्षीय थलान्दर साफी फिजालको साथबाट डेढ किलो र केरालाकै ४२ वर्षीय फोक रेज्जी साज अनवारको साथबाट चार किलो सुन बरामद भएको थियो।