Headlines News :
fb
Home » » छाला चम्काउने घरेलु उपायहरु

छाला चम्काउने घरेलु उपायहरु

बजारमा पाइने सौन्दर्य सामग्रीको मूल्य दिनप्रतिदिन बढ्दो छ। त्यसमा पनि ती सामग्रीमा भएका विभिन्‍न रासायनिक तत्त्वले अनुहारको छालामा विभिन्‍न हानि पुर्‍याउन सक्छ। त्यसैगरी पहिले गुणस्तरीय रहेका सौन्दर्य प्रसाधनमा पनि समयको क्रमसँगै बढेको मिसावटले गर्दा त्यसको स्तर खस्कँदो छ। यस्तो अवस्थामा घरमै उपलब्ध विभिन्‍न सामग्रीबाट आफ्नो सौन्दर्य चम्काउन सकिन्छ ।


स्याउ : एउटा ठूलो स्याउको गुदी निकालेर त्यसको पातलो लेप बनाई अनुहारमा लगाउने। यसको करिब १५ मिनेटपछि सफा पानीले अनुहार पखाल्दा छालाको तैलीयपना कम हुन्छ। गर्मी मौसममा अनुहारमा बढी तैलीय हुने भएकाले स्याउको लेप लाभदायक मानिन्छ।

बदाम : एक कप चिसो दूधमा मसिनो धुलो बनाइएको बदाम हालेर राम्रोसँग फिट्ने। त्यसमा थोरै चिनी हाल्ने। विस्तारै अनुहार र हातमा यो लेप लगाई करिब २० मिनेटपछि पानीले पखाल्ने। यो लेपले अनुहारको छालामा पोषण प्रदान गरी छाला कोमल बनाउँछ।


गोलभेडा : गोलभेडाको रस, कागतीको रस र ग्लिसिरिनको समान मात्रा राम्रोसँग मिसाउने। हात र अनुहार राम्रोसँग धोएपछि यो मिश्रणले विस्तारै मालिस गर्ने। यसको आधा घन्टापछि मनतातो पानीले धुने। गोलभेडामा अधिक मात्रामा भिटामिन हुने भएकाले यसले छालालाई मुलायम बनाई दाग पनि विस्तारै हटाउँदै जान्छ।

स्ट्रबेरी : ताजा स्ट्रबेरी पिँधेर नौनीमा राम्रोसँग मोल्ने। यसको पातलो लेप अनुहारमा लगाई आधा घन्टापछि सफा पानीले धुने। यसले छालाको चमक बढाई छाला नरम पनि बनाउँछ।


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar