निर्माता भन्छन्-'म नेपालको नाम खराब गर्न चाहन्न'
भारतका चर्चित नायक अक्षय कुमार चलचित्र ‘बेबी’को नेपाल छायांकन सकेर टर्की पुगिसकेका छन् । अब टर्कीमा सिनेमाको छायांकन हुनेछ । तर अक्षय टर्की पुगेपनि नेपालमा भने लफडा सुरु भएको छ ।
नेपाली यूनिटलाई तिर्न बाँकी २५ लाख नतिरेको भन्दै लफडा सुरु भएको हो । अक्षय कुमार सहितको टोली टर्की पुगेपनि १९ जना प्राविधिक भने नेपालमा नै छन् । रातको २ बजे २५ लाख मध्ये तिर्न बाँकी १८ लाख नपाएको भन्दै नेपालमा सुटिङको जिम्मा लिएको ‘आइसफल’ नामक फिल्म कम्पनीले क्यामेरा नै जफत गरेको थियो ।
आज बिहान ७ बजे छायांकनका लागि भारतीय टोली टर्की जाने तयारीमा थियो । तर रकम नदिएसम्म क्यामेरा नदिने भन्दै रामकृष्ण पोख्रेलको ‘आइसफल’ नामक कम्पनीले क्यामेरा बोकेर हिडेपछि लफडा सुरु भएको हो ।
टर्की आज बिहान ७ बजे जानुपर्ने १९ जनाको टोली नेपालमै छ । उनीहरुको आज बिहान ७ बजेको फ्लाइट पनि छुटेको छ ।
अक्षयको फिल्म युनिटले पैसा नतिरेपछि लफडा
चलचित्रका निर्माता, अनलाइन निर्माता नेपालमै छन् । उनीहरुले आफूहरुको २ व्यक्ती नेपालमा नै रहने र होटलको रकम पनि तिर्न बाँकी रहेको जनाएका थिए । ‘होटल र तपाइहरुको बाँकी रकम हामी तिर्छौ, हाम्रो २ जना व्यक्ती नेपालमा नै रहन्छ’, अनलाइन निर्माताले नेपाली टोलीलाई भनेका थिए ।
तर रकम नदिएसम्म क्यामेरा पनि नदिने भनेपछि लफडा सुरु भएको हो । अहिले सिनेमाको निर्माण यूनिट २५ लाख तिर्न तयार भएको छ । तर आफूहरुको सुटिङ टर्कीमा प्रभावित भएको भन्दै नेपाली टोलीसँग क्षतीपुर्ती माग गरिररहेको छ ।
तपाइहरुको २५ लाख दिन्छौ, तर हाम्रो क्षती भएको ७५ लाख तपाइहरुले दिनुपर्छ भनेपछि नेपाली टोली उल्टै अप्ठ्यारोमा परेको हो । अक्षय कुमारको आजबाट टर्कीमा छायांकन गर्ने तयारी थियो । जसका लागि होटल, लोकेशन सबै मिलाइसकेको भारतीय टोलीको भनाई छ । तर प्लेन छुटेको, टर्कीमा छायांकन प्रभावित भएको हर्जना ‘आइसफल’ले तिर्नुपर्ने भनाई फिल्म निर्माताको छ । जसका कारण पनि यतिबेला गौशला प्रहरीमा तनाव भैरहेको छ ।
यसैबिच अनलाइनखबरसँग कुरा गर्दै चलचित्रका निर्माताले आफूले नेपालको नाम खराब गर्न नचाहेको बताए । तर आफूहरुको क्षती भएको रकम चै कस्ले दिने, उनले भने ।