Headlines News :
fb
Home » » जुम्ल्याहा छोरीपछि जुम्ल्याहा छोरा

जुम्ल्याहा छोरीपछि जुम्ल्याहा छोरा

म्याड्रिड : संयोग वा भाग्य। कीर्तिमानी टेनिस खेलाडी रोजर फेडेरर फेरि चर्चामा आएका छन्। उनको चर्चा टेनिस कोर्टमा घुमाएको :याकेट्स र बलले भने होइन। फेडेररले मंगलबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत श्रीमती मिर्काले जुम्याहा सन्तान छोरा जन्माएको रोचक रहस्य खोलेपछि उनको चर्चा थप चुलिएको हो। 'मिर्का र मसँग खुसी व्यक्त गर्ने शब्द छैन। म आफैंले पनि दोस्रोपटक जुम्ल्याहा सन्तान होलान् भन्ने सोचेको थिइनँ', फेडेररले भनेका छन्। फेडेरर दम्पतीले जुम्ल्याहा छोराको नाम लियो र लेनी राखेका छन्। यसअघि सन् २००९ मा मिर्काले जुम्ल्याहा छोरी मिला रोज र चार्लेन जन्माएकी थिइन्।

श्रीमती सुत्केरी हुने भएपछि स्विस स्टारले फेडेररले जारी म्याड्रिड ओपन नखेल्ने निर्णय गरेका थिए। फेडेरर सबैभन्दा बढी एकल ग्रान्डस्लाम उपाधि जित्ने टेनिस खेलाडी हुन्। पहिलोपटक जुम्ल्याहा छोरी जन्मदा बाबुको गुण छोरीमा सर्ने अनुमान लगाउँदै उनका विश्वभरका समर्थकले भावी युगल विजेता जोडीको रूपमा व्याख्या गरेका थिए। फेरि जुम्ल्याहा छोरा प्राप्त गरेका फेडेरर र मिर्कालाई भावी पुरुष र मिश्रित युगल उपाधिका हस्तीको संज्ञा दिने क्रम सुरु भएको छ।

फेडेररलाई दोस्रोपटक जुम्ल्याहा सन्तानको बाबु बनेलगत्तै बधाईको ओइरो लागेको छ। पूर्व विश्व नम्बर एक बोरिस बेकरले ट्विटरमा लेखेका छन्, 'परिवारमा थपिएका नयाँ सदस्य लियो र लेनीका लागि फेडेरर र मिर्का दुवैलाई बधाई दिँदै भनेका छन्- मलाई लाग्छ, जुम्ल्याहा छोराले जुम्ल्याहा छोरीलाई मिश्रित युगलमा साथ दिनेछन्।' यसैगरी जुम्ल्याहा दाजु माइकसँग मिलेर १५ वटा युगल ग्रान्डस्लाम उपाधि जितेका अमेरिकी बब ब्रायनले फेडेरर दम्पतीलाई बधाई दिँदै भविष्यमा यी जुम्ल्याहाले टेनिसमा एकछत्र राज गर्ने अनुमान लगाएका छन्।

टेनिस प्रशिक्षक डारेन काहिलले पनि व्यंग्य गर्दै भनेका छन्- 'फेडररले धेरैवटा काम एकैपटक गर्छन्।' जुम्ल्याहा सन्तान हुने फेडेररमात्र चर्चित खेलकर्मी होइनन्। यसअघि बास्केटबल खेलाडी माइकल जोर्डन र फुटबलर म्याराडोनाका पनि जुम्ल्याहा सन्तान जन्मिएका थिए। फेडेररकी ठूली दिदी डायनाका पनि जुम्ल्याहा सन्तान छन्, तर लगातार दुईपटक जुम्ल्याहा सन्तान जन्माउने विषयलाई भने दुर्लभ मानिएको हो। - एजेन्सी
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar