Headlines News :
fb
Home » » गर्भावस्थामा यौनसम्पर्क राख्नुका फाइदा-बेफाइदा ?

गर्भावस्थामा यौनसम्पर्क राख्नुका फाइदा-बेफाइदा ?

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी वा अनाकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमा नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन्। गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पति-पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ। भावनात्मक सामीप्यताका लागि यस्तो सम्बन्धको निरन्तरता निकै सहयोगी सावित हुनसक्छ। फेरि पुरुषहरूलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ। यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक अनि भावनात्मक परिवर्तनहरूप्रति दुवैलाई जानकारी गराउँछ। यौनसम्पर्क गर्ने नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ, जसले दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक-अर्कासँग नजिक हुन तथा एक-अर्कालाई बुझ्न मद्दत मिल्छ। एक किसिमले गुदा मैथुनसम्बन्धी तपाईंको जिज्ञासा पनि यसैसँग सम्बन्धित छ।

महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्। त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका लागि सहज सावित हुनसक्छन्। यस्ता प्रयोगपछि आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ।

यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ। दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar