जिल्ला प्रशासन कार्यालय मोरङले बिराटनगरलाई जण्डिस प्रकोपयुक्त शहर घोषणा गरेको छ । एक महिनायता जण्डिसका कारण मोरङमा पाँच जनाको मृत्यु भइसकेको छ भने कयौं अस्पताल भर्ना भएका छन् ।
के हो जण्डिस ?
नेपालमा पहेंले रोगको नामले चिनिने जण्डिस खासगरी, हाइपर बिलिरुबिनेमियाका कारण मानव शरीरमा देखापर्छ । रगतमा बिलिरुबिन (रगतको मृत कोषिका) को मात्रा बढ्दै जाँदा आँखामा देखिने पहेंलो मात्राले पुरै शरीर नै ढाक्न सक्छ । सामान्यतया छाला र आँखाको रंग पहेंलो हुनु बिलिरुबिनको मात्रा या तहमा निर्भर रहन्छ । रगतमा पहेंलोपनको अवस्थालाई नै बिलिरुबिन भनेर बुझिन्छ । यसले आँखा र छालाको भागमा सजिलै असर देखाउने गर्छ । मानव शरीरभित्र हुने हेमोग्लोबिनबाट आइरनको मात्रा नष्ट भएपछि रक्तसञ्चारमा एकखालको विकार पैदा हुन थाल्छ । त्यही बिकार पदार्थ नै बिलिरुबिन हो । जो, एरिथोसाइट्स (शरीरमा अक्सिजनको मात्रा बढाउने र हेमोग्लोविनलाई जोगाइराख्ने सेलहरु) को क्षयीकरणसंगै पैदा हुन थाल्छ । यदि, रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्यो भने यसले शरीरभित्र अन्य कोषिकाहरुमा समेत असर पार्न थाल्छ । अर्थात्, पहेंलो भागको प्रभाव बढ्न जान्छ । रगतमा बिलिरुबिनको मात्रा स्वतन्त्ररुपमा फैलन थाल्यो भने त्यस्तो अवस्थालाई अनकन्जुगेटेड बिलिरुबिन भनिन्छ । कलेजोका धेरै काममध्ये खराब या विकारयुक्त पदार्थलाई छानेर शरीरमा हानी हुन नदिनु एक महत्वपूर्णर् काम हो । त्यस्तै, रगतमा देखिने बिलिरुबिनलाई न्युनीकरण गराउनु या आउन नदिनु पनि लिभर (कलेजो ) को अर्को महत्वपूर्ण कार्य हो । बिलिरुबिन एकचोटि लिभरमा आइपुग्दा अन्य रसायनहरु पनि यसमै टाँसिन आइपुग्छन् । र यस्तो अवस्थालाई कन्जुगेटेड बिलिरुविन भनिन्छ । जो, बिल (कलेजोबाट निस्कने एकखालको र्याल, जसले खाना पचाउँछ ) भित्र नदिखिने गरी रहन्छ । यसरी, बिलिरुबिनको असरले छाला र आँखाको सेतो भाग पहेंलो हुनथाल्छ ।
जण्डिसको उत्पति र प्रकार
आधुनिक अंग्रेजी शब्द जण्डिस फ्रेन्च शब्द जउनिस बाट आएको हो । जउन को अर्थ हुन्छ पहेंलो र ईस्स भनेको नेस अर्थात् अवस्था । यसरी, जउनिस भनेको पहेंलोपन वा एल्लोनेस हो ।
सामान्यतः जण्डिसका तीन प्रकार हुन्छन्ः
१. हेपाटोसेलुलर जण्डिस : लिभरमा देखिने खराबी या चोटपटकका कारण देखिने जण्डिस । २. हेमोलेटिस जण्डिस : हेमोलेसिसको कारण देखिने जण्डिस हो यो । नयाँ रक्तकोषिकाहरुको उत्पादनमा रोकावट आउँदा यस्तो समस्या देखिने गर्छ ।
३. अब्सट्रक्टिव जण्डिस : यसखालको जण्डिस लिभरमा देखिने खराबीबाट सिर्जना हुन्छ । खासगरी बिल पाइपमा उत्पन्न हुने अवरोधका कारण यो जण्डिस देखिने गर्छ ।
के कारणले लाग्छ जण्डिस ?
धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभुत असन्तुलनका कारण उत्पन्न हुन्छन् । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस् या रक्त कोषिकामा, जसकारण, बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुनेगर्छ । प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ । त्यस्तै लिभरमा स्टोन भएको अवस्था वा अत्यधीक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसँग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ । डाक्टरहरुका अनुसार रक्तअल्पताले पनि जण्डिस लाग्न सक्छ । त्यसर्थ शुद्ध खानपानमा ध्यान दिने तथा मध्यपानबाट टाढा रहने गरेमा यसबाट बच्न सकिन्छ । रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले मानिसलई चाँडै मृत्युको मुखम पुर्याउने हुँदा यो रोगसँग खेलाँची नगर्न डाक्टरहरुको सुझाव छ ।