२४ बैशाख, गुल्मी । आर्थिक अभावमा स्तन क्यान्सरको उपचार गर्न नसकेकी गुल्मी हस्तीचौरकी वसन्ती कुँवरलाई दुवईमा बस्ने नेपालीले डेढ लाख सहयोग गरेका छन् ।
हस्तीचौर- ३ की वसन्तीलाई रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गएका गुल्मेलीले रु एक लाख ५१ हजार ९ सय २२ सङ्कलन गरेर पठाएका हुन् । सहयोग रकम पाएपछि उपचार गरेकी कुँवरको स्वास्थ्य अवस्थामा अहिले सुधार आएको छ । ्
फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत सहयोगका लागि विभिन्न मुलुकमा बस्ने गुल्मेलीलाई अनुरोध गर्दा उक्त रकम सङ्कलन भएको गुल्मीकेयर सञ्जालका सचिव सुरेश बोहोराले बताए ।
fb