काठमाडौं, जेष्ठ १ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी टोलीले घूस लिंदालिंदै जिल्ला प्राविधिक कार्यालय काठमाडौंका इञ्जिनियर शालिकराम देवकोटालाई पक्राउ गरेको छ । उनलाई १ लाख रुपैयाँ घूस लिंदालिंदै रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
यसैबीच अख्तियारले कैदी स्थानान्तरणको आश्वासनमा घूस लिने केन्दीय कारागार कार्यालय जगन्नाथदेवलका नायव सुब्बा महेन्द्र प्रकाश अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
अधिकारीले भिमफेदी कारागारमा अपहरण तथा शरीरबन्दक अपराधमा कैदी जिवन बिताइरहेका कैदी शम्सेर घिसिङलाई केन्द्रीय कारागारमा स्थानान्तरण गराइदिने भनी प्रतिक बजगाईंबाट १० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले हदैसम्म सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।