Headlines News :
fb
Home » , » बैद्यलाई नेतृत्व दिन तयार रहेको प्रचण्डको घोषणा

बैद्यलाई नेतृत्व दिन तयार रहेको प्रचण्डको घोषणा

१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी पुनर्निमाणका लागि मोहन बैद्यलाई नेतृत्व दिन तयार रहेको बताएका छन् । एउटै कम्युनिष्ट केन्द्र निर्माणः  सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रचण्डले  मोहन बैद्यको नाम नलिइ भने-’माओवादी पार्टी पुननिर्माण होस्, मलाई जसले महासचिव बनायो, उसैलाई नेतृत्व दिन तयार छु ।’ यस्तो घोषणा गर्दा प्रचण्ड केहीबेर रोकिएका थिए । प्रचण्डसँगै एउटै मञ्चमा रहेका मोहन बैद्य पनि निकै भावुक देखिएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले आफूसाधै नेतृत्वमा बसिरहन चाहेको भन्ने नसोच्न आग्रह गरेका छन् । यसअघि नेकपा -माओवादी)का अध्यक्ष मातृका यादवले तत्काल एकता सम्भव नभए कार्यगत एकताको घोषणा गर्न प्रचण्ड र बैद्यलाई आग्रह गरेका थिए ।


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar