Headlines News :
fb
Home » » माओवादीको राष्ट्रिय सम्मेलन सुरु

माओवादीको राष्ट्रिय सम्मेलन सुरु

 विराटनगर : एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन निर्धारित समय भन्दा एक घन्टा ढिलो सुरु हुँदैछ। सम्मेलन अघि बसेको पार्टीको केन्द्रीय समितको बैठकमा ढिलो सम्पन्न भएपछि सम्मेलन पनि निर्धारित समय भन्दा एक घन्टा ढिलो भएको हो।

सम्मेलनमा भाग लिन आएका धेरै प्रतिनिधिको विराटनगर आइपुगेका छन्। सुनसरीको धरान र इटहरीमा बास बसेका प्रतिनिधिलाई पार्टीले व्यवस्था गरेको बसमा ल्याउने क्रम सुरु भएको छ। आज मध्यान्न १२ केन्द्रीय समितिको बेठक बस्दै छ। केन्द्रीय कार्यालय र संगठन विभागको बैठकहरु बसेका छन्। ती बैठकमा प्रतिनिधि पर्यवेक्षकको विषयमा रहेको बिषयलाई टुङ्गाउने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव चुणामणि खड्काले जानकारी दिएका छन्।

पार्टी पुननिर्माणका लागि अघि बढौं भन्ने नाराकासाथ सुरु हुन लागेको सम्मेलनमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्राई र नारायणकाजी श्रेष्ठ सहितका शीर्षस्थ नेता हिजै विराटनगर आइपुगेका छन्। पार्टीका अुनसार सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक र अन्य सहभागी समेत गरेर एक हजार २ सय जना सहभागी हुँदैछन्।

विराटनगरमा रहकेा बाह्रवटा सुविधा सम्पन्न होटलमा शीर्षस्थ नेता बस्ने व्यवस्था भएको छ। यहाँ साठीवटा होटल तथा लजहरु छन्। सम्मेलन अयाोजक स्थानीय समितिका संयोजक गोपी अछामी भन्छन, 'अब भव्य समारोहबीच सम्मेलन उद्घाटन हुने छ।' केन्द्रीय नेताहरु भने यहाँका ठूला होटलहरु जेनियल, ईष्टर्न स्टार, स्वागतम, नमस्कार जस्ता ठूला होटेलमा बसेका छन्। चिसो ठाउँबाट आएका प्रतिनिधिलाई बातानुकुलित होटेलमा बस्ने व्यवस्था गरिएको छ।

विराटनगरको सहिद रंगशालामा १२५ औं अन्तराष्ट्रिय मजदुर दिवसको दिन सम्मेलन उद्घाटन हुँदै छ। बन्दसत्र रंगशाला नजिकैको विरेन्द्र सभागृहमा चल्ने छ। हेटौंडा महाधिवेशनले उठान गरेका विषयमा छलफल नटुङ्गिए तीनदिन गर्ने तय भएको सम्मेलन लम्बिएर पाँच दिनसम्म पुग्ने सम्मेलन आयोजक मूल समितिका संयोजक तथा एमाओवादीको संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटीले जानकारी दिएका छन्। बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म बन्द सत्र सञ्चालन हुने छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar