काठमाडौं , वैशाख ३१ - नाइजेरियाको सशस्त्र इस्लामिक समूह बोको हरामले महिना दिन अघि अपहरण गरेका बालिका रिहाइको माग गर्दै नेपालमा र्याली निकालिएको छ ।
बोको हरामले बोर्नो राज्यको चिबोक नगरबाट १४ अप्रिलमा २ सय ७६ बालिकालाई अपहरण गरेको थियो ।
यस घटनाको विरोध गर्दै 'परिवर्तनका लागि युवा' संस्थाले बुधबार राजधानीको भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्याली निकाली छात्राहरुको सकुशल रिहाईको माग गरेको हो ।
छात्राको रिहाइका लागि नाइजेरियाली सरकारले सशस्त्र इश्लामिक समुहसँग वार्ता गरी रिहाइ गर्ने दबाब सिर्जना गर्न नेपालमा पनि र्याली निकालिएको परिवर्तनका लागि युवाका अध्यक्ष जागृत पहाडीले जानकारी दिए ।
'कालिला बालिकालाई अपहरण भएको भिडियो टेप सार्वजनिक भइसक्दा पनि सरकारले सकुशल रिहाई गर्न नसक्नु विडाम्बनाको विषय हो,' उनले भने 'उनीहरुको रिहाईको लागि संसारभर विरोधको आवाज उठेको छ, नाइजेरियाली सरकारले तत्काल सकुशल रिहाई गर्नुपर्छ । ' आफ्ना पक्राउ परेका सबै लडाकु बन्दी रिहा नगरेसम्म ती बालिकालाई मुक्त नगर्ने बोको हरामले चेतावनी दिएको छ । अपहरित स्कुले छात्रालाई देखाएर आइतबार अज्ञात स्थलबाट सार्वजनिक गरेको भिडियोमा समूहका नेता अब्रुबाकर सेकाउले यस्तो चेतावनी दिएका थिए ।
अन्तरािष्ट्रय मानव अधिकार र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावनामा जुनसुकै किसिमको सशस्त्र द्वन्द्वको समयमा बालबालिकाले सुरक्षित तरिकाले बाँच्न र विद्यालय जान पाउनुपर्ने व्यवस्था छ । सुरक्षा परिषद्को प्रस्तावना नम्बर १३२५ ले सशस्त्र द्वन्द्वमा महिला र बालिकाको अधिकार सुरक्षा हुनुपर्ने व्यवस्था गरेको छ भने १८२० को धारा ९ ले द्वन्द्वरत पक्षले महिला र बालिकालाई अन्तराष्ट्रिय कानुनको मापदण्ड अनुसार उचित व्यवहार गर्नुपर्ने व्यवस्था गरेको छ ।