२९ वर्षीया एक महिलाले अविवाहित पुरुषसँग विवाह गर्ने र बेहुलालाई आफ्नै धरमा भित्र्याउने भन्दै निमन्त्रणा पत्र बाँडेपछि झापा राजगढमा तनाव छाएको छ।
विवाहको विरोधमा गाँउ नै विभाजित बनेपछि उनीहरुको बुधबारका लागि तय भएको विवाह अनिश्चित बनेको खबर आजको राजधानी दैनिकमा खबर छ।
यद्यपी आफूहरुको विावाहमा समाजका केही व्यक्ति बाध बनेको भन्दै उनीहरुले सहयोगका लागि प्रशासन र मानवअधिकारकर्मी गुहारेका छन्। राजगढकी चार सन्तानकी आमा २९ वर्षीया गुड्डी जैसवाल भगतले कुमरखोदका ३८ वर्षीय अविवाहित पुरुष गायकप्रसाद राजवंशीसँग विवाह गर्ने भन्दै आफन्त, छिमेकी र परिवारका अन्य सदस्यलाई निमन्त्रणा पत्र बाँडेपछि उनी विावादमा तानिएकी हुन्।
१५ वर्षकी छोरी १३ र ६ वर्षका छोराकी आमा गुडेडीले निमन्त्रणामा राजवंशीसँग धुमधामले विावाह गर्ने र उनलाई बेहुलाका रुपमा आफ्नै घरमा भित्र्याउने उल्लेख गरेकी छिन्।