Headlines News :
fb
Home » » बालकृष्ण ढुंगेलले सेतोपाटीका पत्रकारको क्यामेरा खोसे

बालकृष्ण ढुंगेलले सेतोपाटीका पत्रकारको क्यामेरा खोसे

अनुमतिविना तस्वीर खिचेको आरोप
२०, बैशाख बिराटनगर । एकीकृत नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेलले सेतोपाटीका बिराटनगर सम्वाददता खिलानाथ ढकालको क्यामेरा खोसेका छन् । अनुमति नलिई आफ्नो तस्वीर लिएको भन्दै उनले क्यामेरा खोसेको पत्रकार ढकालले बताएका छन् । वास्तविक नाम फेरेर पवन शर्माको नाममा राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनेका ढुंगेलले जुँगासमेत काटेर स्वरुप बदलेका छन् । उनी ओखलढुंगाबाट प्रतिनिधि भएर बिराटनगर आइपुगेका हुन् ।

शनिबार उनी बन्दसत्रस्थल वीरेन्द्र सभागृहमा सहभागी थिए । ढुंगेलको तस्वीर खिच्न खोज्दा सेतोपाटी अनलाइनका विराटनगर सम्वाददाता खिलानाथ ढकालको क्यामेरा उनले खोसेका हुन् । कसलाई सोधेर तस्वीर लिएको भन्दै उनले क्यामेरा खोसेको पत्रकार ढकालले बताए । ढुंगेलले क्यामेरा फिर्ता गरेका छैनन् । गत बैशाख १६ गते गृहमन्त्री वामदेव गौतमले काठमाण्डौंमा भएको एउटा कार्यक्रममा ढुंगेललाई पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए । घीऊ रंगको टोपी लगाएर ढुंगेल सम्मेलनस्थलमा छन् । ढुंगेल बिराटनगरमै रहेको विषयमा प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ । एकजना सुरक्षा अधिकारीले भने,’पक्राउ गर्ने माथिको आदेश छैन ।’ पहिलो संविधानसभा चुनावमा ओखलढुंगा २ बाट चुनाव जितेका ढुंगेलको उम्मेद्वारी दोस्रो चुनावमा निर्वाचन आयोगले खारेज गरेको थियो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar