
]
काठमाडौंबाट तातोपानी जाादै गरेको बा३ख २०३७ नम्बरको बस काभ्रेको जिरो किलो र दोलालघाटको बीचमा रहेको पचासकिलोमा अनियन्त्रित भई सडकबाट झर्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनालगत्तै उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइसकेको जनाइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बााकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।